News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीको बर्जु गाउँपालिकाका दुई स्थानबाट आइतबार प्रहरीले ३ लाख ६२ हजार २ सय १५ रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरेको छ।
- बर्जु–१ बाट १ लाख ४३ हजार २ सय २५ रुपैयाँ मूल्यका लत्ताकपडासहित एउटा सिटी सफारी प्रहरीले नियन्त्रणमा लिएको छ।
- बर्जु–६ बाट बरामद गरिएका २ लाख १९ हजार रुपैयाँ बराबरका लत्ताकपडासहित सबै सामग्री दुहवीस्थित इलाका प्रहरी कार्यालयमा राखिएको छ।
३१ साउन, सुनसरी । सुनसरीको सीमावर्ती क्षेत्र बर्जु गाउँपालिकाको दुई स्थानबाट आइतबार प्रहरीले ३ लाख ६२ हजार २ सय १५ रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरेको छ।
इनरुवास्थित जिल्ला प्रहरी कार्यालयका अनुसार बर्जु–१ दुर्गामन्दिर नजिकैबाट १ लाख ४३ हजार २ सय २५ रुपैयाँका लत्ताकपडासहित प्र १–०२–००५ ह ०८५१ नम्बरको सिटी सफारी नियन्त्रणमा लिएको हो।
यसैगरी बर्जु–६ जानकी चोकबाट २ लाख १९ हजार रुपैयाँ बराबरका भन्सार छली गरेर ल्याइएका लत्ताकपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बरामद सामग्री र सिटी सफारी दुहवी नगरपालिकास्थित इलाका प्रहरी कार्यालयमा राखिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4