+
+
Shares

८२२ युक्रेनी ड्रोन ध्वस्त पारिएको रुसी रक्षा मन्त्रालयको दाबी

रुसी रक्षा मन्त्रालय अनुसार, रुसी क्षेत्रहरू र अजोभ तथा ब्ल्याक सागरमाथि यी ड्रोनहरू नष्ट गरिएका हुन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३१ गते १६:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुसी रक्षा मन्त्रालयले आफ्ना हवाई रक्षा बलले रातभरमा ८२२ वटा युक्रेनी ड्रोनहरूलाई रोकी ध्वस्त पारेको दाबी गरेको छ।
  • मन्त्रालयका अनुसार अगस्ट १५ देखि १६ को बिहानसम्म रुसी क्षेत्र तथा अजोभ र कालो सागरमाथि उक्त ड्रोनहरू नष्ट गरिएका हुन्।
  • यस कारबाहीमा मस्को, कुर्स्क, क्रिमिया र बेलगोरोडसहितका विभिन्न रुसी क्षेत्रहरूमा तैनाथ हवाई रक्षा प्रणालीले सफलता प्राप्त गरेको मन्त्रालयले उल्लेख गरेको छ।

३१ साउन, काठमाडौं । रुसी हवाई रक्षा प्रणालीले रातभरीमा ८२२ वटा युक्रेनी ड्रोनहरू विफल पारेर ध्वस्त गरेको जनाएको छ। रुसी रक्षा मन्त्रालय अनुसार, रुसी क्षेत्रहरू र अजोभ तथा ब्ल्याक सागरमाथि यी ड्रोनहरू नष्ट गरिएका हुन्।

मन्त्रलायले रुसी हवाई रक्षा बलले अगस्ट १५ को मस्को समय अनुसार राति ८ बजेदेखि अगस्ट १६ को मस्को समय अनुसार बिहान ८ बजेसम्म ड्रोनहरू नष्ट गरेको हो ।

मन्त्रालयले भनेको छ, “बेलगोरोड, ब्र्यान्स्क, भ्लादिमिर, भोल्गोग्राड, भोरोनेझ, कालुगा, कुर्स्क, लिपेट्स्क, निज्नी नोभगोरोड, ओर्योल, रोस्टोभ, रियाजान, ताम्बोभ र तुला क्षेत्रहरू, मस्को क्षेत्र, क्रास्नोदार क्षेत्र र क्रिमिया गणतन्त्रका साथै अजोभ र कालो सागर माथि ८२२ वटा युक्रेनी फिक्स्ड-विङ मानवरहित हवाई सवारी साधनहरू रोकेको र ध्वस्त पारेको छ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?