+
+
Shares

रुसको पेन्जा क्षेत्रमा युक्रेनको ड्रोन हमला

गभर्नरका अनुसार आक्रमणका कारण वेयरहाउसमा आगो लागेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १४ गते १८:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युक्रेनी ड्रोनहरूले रुसको पेन्जा क्षेत्रमा रहेको वाइल्डबेरिजको वेयरहाउसमा आक्रमण गरेका छन्।
  • पेन्जाका गभर्नर ओलेग मेलनिचेन्कोका अनुसार यस आक्रमणमा परी एक जना घाइते भएका छन्।
  • गभर्नरले 'ड्रोनहरूले वाइल्डबेरिजको वेयरहाउसमा आतङ्ककारी आक्रमण गरेका छन्' भन्दै २०० कर्मचारीलाई सुरक्षित निकालिएको उल्लेख गरेका छन्।

१४ साउन, काठमाडौं । युक्रेनी ड्रोनहरूले रुसको पेन्जा क्षेत्रमा रहेको वाइल्डबेरिजको वेयरहाउसमा आक्रमण गरेका छन्। यस आक्रमणमा प्रारम्भिक विवरण अनुसार १ जना घाइते भएका छन्। पेन्जा क्षेत्रका गभर्नर ओलेग मेलनिचेन्कोले यो जानकारी दिएका हुन्।

गभर्नर ओलेग मेलनिचेन्कोले म्याक्स मेसेजिङ एपमा लेखेका छन्, ‘ड्रोनहरूले वाइल्डबेरिजको वेयरहाउसमा आतङ्ककारी आक्रमण गरेका छन्। प्रारम्भिक विवरण अनुसार १ जना घाइते भएका छन्। करिब २०० कर्मचारीहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ।’

गभर्नरका अनुसार आक्रमणका कारण वेयरहाउसमा आगो लागेको छ। अहिले उक्त आगो निभाउने काम भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?