News Summary
Generated by OK AI. Editorially reviewed.- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सरकारको व्यापक पुनर्गठन गर्दै प्रधानमन्त्री युलिया स्विरिडेन्कोलाई पदबाट हटाउने घोषणा गर्नुभएको छ ।
- राष्ट्रपति जेलेन्स्कीले मन्त्रिपरिषद्का साथै केही कानून प्रवर्तन निकायका प्रमुखहरूमा पनि परिवर्तन गर्ने तयारी गर्नुभएको छ ।
- युरोपेली सङ्घमा सामेल हुने र सीमा क्षेत्र बलियो बनाउने उद्देश्यले विदेश नीतिका विभिन्न क्षेत्रमा नयाँ जिम्मेवारी तोक्ने योजना उहाँले खुलाउनुभएको छ ।
२९ असार, काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सरकारको व्यापक पुनर्गठनको घोषणा गरेका छन् ।
उनले प्रधानमन्त्री युलिया स्विरिडेन्कोको प्रतिस्थापन र केही कानून प्रवर्तन निकायका प्रमुखहरूलाई हटाउने प्रस्ताव गरेका छन् । तर, जेलेन्स्कीले स्विरिडेन्कोको स्थानमा कसलाई ल्याउने भन्ने जानकारी भने दिइसकेका छैनन् । र, परिवर्तनको कारण पनि खुलाउका छैनन् ।
‘म स्विरिडेन्कोलाई प्रधानमन्त्रीको रूपमा उहाँको स्पष्ट, स्थिर र प्रभावकारी कामको लागि, युक्रेनको टोलीमा उहाँको वर्षौंको उत्पादक सेवा र मुख्य साझेदारसँगको नयाँ तथा महत्वपूर्ण क्षेत्रको नेतृत्व गर्ने अवसर प्रस्ताव गरेको छु’, उनले भनेका छन्, ‘म आशा गर्दछु,सांसदहरूसँग मिलेर हामी युक्रेन सरकारमा सम्बन्धित परिवर्तन गर्नेछौं । कानून प्रवर्तन निकायका प्रमुखहरूमा पनि परिवर्तन हुनेछ ।’
जेलेन्स्कीले गत वर्ष स्विरिडेन्कोलाई प्रधानमन्त्रीको पदमा नियुक्त गरेकाका थिए । एक्समा जारी विज्ञप्तिमा जेलेन्स्कीले युक्रेनले गर्नुपर्ने केही महत्वपूर्ण कार्यहरू उल्लेख गरेका छन् । यसमध्ये युरोपेली सङ्घमा सामेल हुने प्रगति र सीमा क्षेत्रलाई बलियो बनाउने उल्लेख छ ।
उनले विदेश नीतिका विभिन्न क्षेत्रहरू व्यवस्थापन गर्न फरक-फरक व्यक्तिहरूलाई जिम्मेवारी दिने योजना बनाएको पनि बताउका छन् । ‘हामीले यी परिवर्तनहरूका लागि मन्त्रिपरिषद्को नवीकरण आवश्यक ठान्दै यसलाई पुर्नगठन गरेका छौं’, जेलेन्स्कीले थप स्पष्ट पारेका छन् ।
मन्त्रिपरिषद् पुनर्गठनका लागि संसदको अनुमति आवश्यक पर्छ। तर, रूसको आक्रमणपछि सांसदहरू ठूलो रूपमा जेलेन्स्कीको वरिपरि गोलबद्ध भएका छन् र सामान्यतया उनको एजेन्डालाई रोक्दैनन् ।
-एजेन्सी
Україна змінює свою політичну стратегію. За кожен пріоритетний зовнішньополітичний напрямок відповідатиме конкретна людина зі значним досвідом, яка здатна реалізувати те, про що ми домовляємось на рівні лідерів і що очікує Український народ. Серед таких напрямків найбільш…
— Volodymyr Zelenskyy / Володимир Зеленський (@ZelenskyyUa) July 12, 2026
प्रतिक्रिया 4