+
+

इमेल प्रयोग गरेर ह्वाट्सएप लगइन कसरी गर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १२ गते ९:०९

काठमाडौं । लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले प्रयोगकर्तालाई आफ्नो ह्वाट्सएप अकाउन्टमा इमेल ठेगाना पनि जोड्ने सुविधा प्रदान गरेको छ ।

यो फिचरले प्रयोगकर्ताले एसएमएसबाट ओटिपी भेरिफिकेसन कोड प्राप्त गर्न असमर्थ हुने अवस्थामा इमेलबाटै त्यस्तो कोड प्राप्त गर्न सहजता प्रदान गर्दछ ।

यो फिचर आइफोन प्रयोगकर्तालाई उपलब्ध भैसकेको छ भने एन्ड्रोइडमा चाहिँ पछिल्लो बेटा भर्सनमा उपलब्ध छ ।

यदि तपाईं एन्ड्रोइड फोन प्रयोग गर्नुहुन्छ र ह्वाट्सएपको यो फिचर प्रयोग गर्न चाहनुहुन्छ भने गुगल प्ले स्टोरमा गएर ह्वाट्सएप बेटा कार्यक्रममा जोडिनुपर्छ । यसका लागि ह्वाट्सएप खोज्नुहोस् र त्यहाँबाट beta tester program  मा जोडिनुहोस् ।

ह्वाट्सएप अकाउन्टसँग आफ्नो इमेल ठेगाना कसरी जोड्ने ?

  • आफ्नो डिभाइसमा ह्वाट्सएप एप्लिकेसन खोल्नुहोस्
  • दायाँ भागको माथिपट्टि छेउँमा रहेको तीनवटा थोप्लावाला मेन्यूमा ट्याप गरेर Settings मा जानुहोस्
  • Settings मेन्यूबाट Accounts अप्सन छान्नुहोस्
  • उक्त खण्डभित्र Email Address अप्सन छान्नुहोस्
  • त्यहाँ तपाईंले ह्वाट्सएपसँग जोड्न चाहेको आफ्नो इमेल एड्रेस हाल्नुहोस्
  • त्यसपछि तपाईंले सोही इमेलमा One-Time Password (OTP)  प्राप्त गर्नुहुनेछ ।
  • उक्त ओटिपीलाई ह्वाट्सएपमा दिइएको सम्बन्धित ठाउँमा हालेर भेरिफाइ गर्नुहोस् ।

यसो गरेपछि तपाईंको इमेल ठेगाना ह्वाट्सएप अकाउन्टसँग जोडिनेछ ।

– एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?