+
+
Shares

शहरको बीचमा टुँडिखेलको हरियाली (तस्वीरहरू)

करिब एक वर्षअघिदेखि नै काठमाडौं महानगरपालिकाले सैनिक मञ्चबाट दक्षिणतर्फको चउर (टुँडिखेल) मा एक विशेष प्रजातिको घाँस रोपेको थियो ।

कमल प्रसाईं आर्यन धिमाल कमल प्रसाईं, आर्यन धिमाल
२०८३ असोज १९ गते १८:२५

१९ असोज, काठमाडौं । हिजोआज तपाईं टुँडिखेल आसपास पुग्नुभएको छ ? पुग्नुभएको भए, देख्नुभएकै होला– वरदेखि परसम्म प्राय: सबैतिर हरियाली देखिन्छ ।

करिब एक वर्षअघिदेखि नै काठमाडौं महानगरपालिकाले सैनिक मञ्चबाट दक्षिणतर्फको चउर (टुँडिखेल) मा एक विशेष प्रजातिको घाँस रोपेको थियो ।

सर्वसाधारणको प्रयोग सहज बनाउन उक्त घाँस रोपिएको महानगरपालिकाले जनाएको छ ।

यसअघि नजिकैको खुलामञ्चमा पनि यही प्रजातिको दुबो रोपिएको थियो । जहाँ प्रवेश खुला भइसकेको छ ।

हिजो मात्रै नेपाली कांग्रेसले आफ्नो १५ औं महाधिवेशन खुलामञ्चमा नै गरेको थियो ।

टुँडिखेलको चउर फोहोर भएको र धुलो उड्ने भएकाले दुबो रोपेर सौन्दर्यीकरण गरिएको महानगरले बताएको छ ।

२०८३ मंसिर मसान्तसम्म काम सक्ने गरी भएको सम्झौताअनुसार, जमिनको सतह सम्याएर ३ इञ्च मलिलो माटो राखिनेछ र त्यसमाथि घाँस रोपिएको छ ।

सोमबार दिउँसो कैद गरिएको टुँडिखेलका तस्वीरहरू–

लेखक
कमल प्रसाईं

प्रसाईं  अनलाइनखबरका फोटोपत्रकार हुन् ।

आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?