+
+

एआईका कारण हुनसक्छ विद्युत संकट, प्रतिघण्टा १७ हजार घरको बिजुली खपत गर्दै च्याट जिपिटी

एजेन्सी एजेन्सी
२०८० फागुन ३० गते १२:१६

विश्वका विभिन्न देशहरुमा विद्युतको संकट छ र गर्मी मौसममा बिजुली अभाव झनै बढ्दछ ।

औद्योगिकरणमा वृद्धि मात्र होइन मानिसहरुको गार्हस्थ्य विद्युत खपत पनि बढिरहेको छ ।

प्रतिव्यक्ति विद्युत खपत बढ्नुको एउटा प्रमुख कारणचाहिं सूचना प्रविधिको तीव्रतर विकास नै हो । हामीले चलाउने विद्युतीय उपकरण तथा ग्याजेटका साथै विभिन्न सूचना प्रविधिहरुले ऊर्जा कपत बढाइरहेका छन् ।

पछिल्लो समयमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग संसारभर भैरहेको छ । तपाईं हामीले पनि च्याट जिपिटी जस्ता एआई टूलको प्रयोग अत्यधिक गर्न थालेका छौं । तर के तपाईंलाई थाहा छ च्याट जिपिटी जस्ता एआई टूलले भविष्यमा कुनैदिन विश्वभर नै बिजुली संकट निम्त्याउन सक्दछ ?

एक रिपोर्ट अनुसार ओपन एआईको लोकप्रिय एआई च्याटबट च्याट जिपिटीले प्रतिघण्टा ५ हजार किलोवाट बिजुली खपत गरिरहेको छ । यसलाई औषतमा निकाल्न च्याट जिपिटीबाट प्रतिदिन १७ हजारवटा अमेरिकी घरमा हुने खपत बराबरको विद्युत खपत हुन्छ ।

यो तथ्यांक केवल २० करोड प्रयोगकर्ताको च्याट जिपिटी चलाउँदा भैरहेको विद्युत खपतको हिसाब हो । यदि विश्वमा सबै च्याट जिपिटी प्रयोगकर्ताले गर्ने विद्युत खपत हिसाब गर्ने हो भने त्यो कैयन् गुणा धेरै हुन्छ ।

डेटा वैज्ञानिक एलेक्स डी ब्रिजका अनुसार यदि गुगलले हरेक सर्चमा जेनेरेटिभ एआईलाई संलग्न गराउने हो भने त्यसले वार्षिकरुपमा २९ अर्ब किलोवाट घण्टा विद्युत खपत गर्नेछ । यो भनेको केन्या, ग्वाटेमाला तथा क्रोएसिया जस्ता देशहरुको सम्पूर्ण वार्षिक विद्युत खपतभन्दा पनि धेरै हुनेछ।

डी ब्रिजका अनुसार बेलायतमा एआई सर्भरहरुले पहिलेदेखि नै एक दर्जन भन्दा धेरै घर बराबरको ऊर्जा खपत गरिरहेका छन् । तर, ठूला प्रविधि कम्पनीहरुको पारदर्शिताको कमीका कारण एआई जगतको कूल विद्युत खपतको आँकलन गर्नु चुनौतीपूर्ण छ ।

ब्रिजले एआई क्षेत्रको अग्रणी चिप निर्माता कम्पनी एनभिडियाको तथ्यांकका आधारमा के प्रक्षेपण गरेका छन् भने सन् २०२७ सम्ममा एआई क्षेत्रले बर्सेनि ८५ देखि १३४ टेरावाट घण्टा विद्युत प्रयोग गर्नेछ।

यसले विश्वव्यापी विद्युत खपतको एक महत्वपूर्ण हिस्साको प्रतिनिधित्व गर्नेछ जुन सम्भावित रुपमा सन् २०२७ सम्ममा आधा प्रतिशत सम्म पुग्नेछ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?