+
+

ह्वाट्सएपमा च्याट फिल्टर कसरी प्रयोग गर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ६ गते १४:४२

काठमाडौं । मेटा स्वामित्वको मेसेजिंग एप ह्वाट्सएपले हालै च्याट फिल्टर्स फिचर सार्वजनिक गर्‍यो। यो नयाँ फिचरले ह्वाट्सएप प्रयोगकर्तालाई इनबक्समा रहेका धेरै मेसेजहरुबाट आफुले खोजेको मेसेज तुरुन्तै फेला पार्न सहयोग गर्दछ । साथै यसले प्रयोगकर्तालाई आफ्ना च्याटलाई व्यवस्थित बनाउन पनि मद्दत गर्छ ।

ह्वाट्सएपको च्याट फिल्टर्स फिचरलाई कसरी प्रयोग गर्नेः

  • आफ्नो स्मार्टफोनमा ह्वाट्सएप एप खोल्नुहोस्
  • मुख्य च्याट स्क्रिनमा च्याट संवाद सूचिकृत भएको माथिल्लो भागमा हेर्नुहोस्

त्यहाँ तीनवटा फिल्टर उपलब्ध हुन्छन् । त्यसमाः  All: यो डिफल्ट भ्यू हो र यसले तपाइँको ह्वाट्सएपका ग्रुप तथा व्यक्तिगत सबै च्याट देखाउँछ,।

  • Unread: यो फिल्टरले यस्ता च्याटहरुलाई हाइलाइट गराउँछ जुन तपाइँले अहिलेसम्म पढ्नुभएको छैन वा त्यस्ता मेसेजको जवाफ दिनुभएको छैन । पढ्न वा जवाफ दिन छुटेका सन्देशहरुलाई प्राथमिकीकरण गर्ने यो निकै उपयोगी फिचर हो ।
  • Groups: यसले तपाइँको ह्वाट्सएपका सबै ग्रुप च्याटलाई एकठाउँमा जम्मा गर्दछ । यसबाट कुनै निश्चित ह्वाट्सएप ग्रुपका संवादहरु तत्कालै फेला पार्न सकिन्छ ।

च्याट फिल्टर कसरी परिवर्तन गर्ने ?

एक बाट अर्को प्रकारको च्याट फिल्टरमा जानका लागि दुईवटा तरिका छन्, जसमाः

  • फिल्टर नाममा ट्याप गर्नेः च्याट स्क्रिनको माथिल्लो भागमा तपाइँले पछिल्लोपटक छानेको फिल्टर नाम, (जस्तै All देख्नुहुन्छ । त्यसमा ट्याप गर्नुहोस् । त्यसपछि तिनै प्रकारका फिल्टरको विकल्प देखिने ड्रपडाउन मेन्यु देखिन्छ । तपाइँले तीनमध्ये एउटा नयाँ छान्न सक्नुहुन्छ।
  • दायाँबायाँ स्वाइप गर्नेः एउटा फिल्टरबाट अर्कोमा जानका लागि च्याट स्क्रिनमा दायाँ वा बायाँ स्वाइप गर्ने अर्को सजिलो विधि पनि छ । बायाँ स्वाइप गर्दा नयाँ फिल्टरमा गइन्छ भने दायाँ स्वाइप गर्दा पूरानो फिल्टरमै पुगिन्छ।

यद्यपि ह्वाट्सएपले जारी गरेको यो नयाँ फिचर तत्कालै सबै प्रयोगकर्तालाई उपलब्ध भैसकेको छैन । केही हप्ताभित्रैमा यसलाई सबै प्रयोगकर्ताले प्रयोग गर्नसक्ने बताइएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?