+
+

दिनको सुरुआत कसरी गर्छन् गुगलका सीईओ ? यस्तो छ दिनचर्या

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३ गते ११:०९

तपाईं बिहान उठेर आफ्नो दिनको सुरुआत कसरी गर्नुहुन्छ ? यसमा हरेकको जवाफ फरक-फरक हुनसक्छ । अनि विश्वको सबैभन्दा ठूलो मध्येको एक कम्पनी गुगलका सीईओ सुन्दर पिचाइले चाहिं दिनको सुरुवात के गरेर गर्छन् होला ? यो तथ्य थाहा पाउने उत्सुकता सायद सबैलाई छ होला । हालै पिचाइ आफंैले आफ्नो दिनचर्याका विषयमा खुलासा गरेका छन् ।

पिचाइका अनुसार उनले अरुले जस्तो बिहान उठेर सुरुमा पत्रिका पढ्ने कहिल्यै गर्दैनन् । त्यसको साटो उनले हरेक बिहान उठेर प्रविधिसम्बन्धी वेबसाइटहरु हेर्दछन् । त्यस्ता वेबसाइटहरुलाई फेसकुकका सीईओ मार्क जुकरबर्ग तथा माइक्रोसफ्टका सीईओ सत्या नाडेलाले पनि आफ्नो मनपर्ने सूचीमा राखेका छन् ।

सञ्चारमाध्यमसँग कुराकानी गर्दै पिचाइले आफूले दिनको सुरुवात टेकमिम डटकम पढेर गर्ने गरेको बताए ।
टेकमिम डटकम एक वेबसाइट हो जहाँ विश्वभरका प्रविधिसम्बन्धी समाचारहरु पढ्न पाइन्छ ।

सन् २००५ मा गेबे रिभेराले यो वेबसाइटको स्थापना गरेका थिए । यसमा समाचार शीर्षकसँगै संक्षिप्त सारांश र सम्बन्धित समाचारको लिंक पनि दिइन्छ । यसले पाठकहरुलाई विभिन्न सञ्चारमध्यमबाट प्राप्त प्रविधि समाचारहरु पस्किने का मगर्दछ । प्रविधिमा रुचि राख्नेहरुका लागि यसलाई उपयोगी वेबसाइट मानिन्छ ।

स्मरण रहोस् फेसबुकका सीईओ मार्क जुकरबर्ग र माइक्रोसफ्टका सीईओ सत्या नाडेलाले पनि यो वेबसाइटको प्रयोग गर्ने गरेका छन् । त्यसका अलावा इन्स्टाग्रामका प्रमुख एडम मोसेरी र अन्य प्रविधि क्षेत्रका हस्तीहरुले पनि सो वेबसाइट आफ्नो मनपर्ने वेबसाइट भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?