+
+

डेटा चोर्ने भाइरसबाट प्रभावित उपकरणको संख्या ६ सय प्रतिशतले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ४ गते १७:०१

४ वैशाख, काठमाडौं । विगत केही वर्षयता जसरी प्रविधिको तीव्र विकास भइरहेको छ त्यसरी नै प्रविधिले निम्त्याएका विभिन्न खतराहरु पनि सार्वजनिक भइरहेका छन् ।

यसैबीच हालै सार्वजनिक एक रिपोर्टले ठूलो तरंग उत्पन्न गरेको छ । उक्त रिपोर्ट अनुसार पछिल्लो ३ वर्षमा डेटा चोरी गर्ने मालवेयर भाइरसबाट प्रभावित भएका उपकरणहरुको संख्यामा ६ सय प्रतिशतले वृद्धि भएको छ ।

साइबर सुरक्षा कम्पनी क्यास्पस्र्कीको रिपोर्ट अनुसार व्यक्तिगत तथा कर्पोरेट उपकरणहरुसम्म डेटा चोरी गर्ने मालवेयरको पहुँच सन् २०२३ मा लाखौँको संख्यामा पुगेको छ । क्यार्स्पस्कीको डिजिटल फुटप्रिन्ट इन्टेलिजेन्स तथ्याङ्क अनुसार बितेको ३ वर्षमा यसमा ६ सय ४३ प्रतिशतको उछाल देखिएको छ ।

डेटा चोरी गर्ने मालवेयरबाट प्रभावित ग्राहक तथा बिजनेसको संख्या २०२३ मा एक करोड नाघेको छ ।

साइबर आक्रमणकारीहरुले औषतमा एक उपकरणबाट ५०.९ प्रकारका लग इन क्रेडेन्सियल जानकारी चोरी गरेका छन् । ती जानकारीहरुमा सोसल मिडिया, अनलाइन बैंकिङ सेवा, क्रिप्टो वालेट, इमेल तथा अन्य अनलाइन सेवाहरुका जानकारी पनि सामेल छन् ।

प्रयोगकर्ताहरुका डेटा चोरी गर्ने मालवेयरबाट प्रभावित उपकरणहरुको संख्या वास्तविक रुपमा भने निकै धेरै छ । यो संख्या १ करोड भन्दा अधिक हुन सक्ने बताइन्छ ।

रिपोर्ट अनुसार डार्क वेबमा लग इन डेटाहरु विभिन्न विषयमा निर्भर गर्दछन् । ती डेटाहरु बिक्री गरिन्छ। त्यसका लागि सब्सक्रिप्सन सेवाको रुपमा वा कुनै निश्चित खालका डेटाको लागि एग्रिगेटरको रुपमा बिक्री गरिन्छ । ती लगइन जानकारीहरु अमेरिकी डलरमा बिक्री हुन्छन् । त्यसमा १० डलर मूल्यको लगइन फाइलहरुको प्याकेट तयार गरेर बेचिन्छ ।

रिपोर्ट अनुसार पछिल्लो ५ वर्षमा विश्वभरमा ४ लाख ४३ हजार वेबसाइटहरुको लगइन जानकारी चोरी भएका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?