+
+

बन्द भयो गुगल पडकास्ट, ५० करोड प्रयोगकर्तामा असर

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २१ गते ११:५८

गुगलले आफ्ना कैयौं सेवाहरु बन्द गरिसकेको छ ।  यसमा गुगल प्लसदेखि लिएर नेक्सस सम्म छन् । यो सूचीमा अब नयाँ नामपनि जोडिएको छ ।

गुगलले आफ्नो अडियो स्ट्रिमिङ् प्लाटफर्म गुगल पडकास्टलाई बन्द गर्ने निर्णय गरेको छ । मंगलबार अर्थात अप्रिल २ देखि यो लोकप्रिय अडियो स्ट्रिमिङ् प्लाटफर्म गुगल पडकास्ट बन्द भएको हो ।

गुगल प्ले स्टोरबाट ५० करोडभन्दा बढी पटक डाउनलोड भएको यो एपलाई प्लेस्टोरबाट हटाउने निर्णय गुगलले गरेको छ ।

गुगल पडकास्टलाई बनद गरेर युट्युब म्युजिकलाई प्रवर्द्धन गर्ने अभिप्रायले गुगलले यस्तो कदम चालेको बताइउको छ ।

गुगलले यसबारेमा गतवर्ष नै एक ब्लगपोस्ट मार्फत् जानकारी दिएको थियो । पहिलो चरणमा अमेरिकामा बन्द भएसँगै गुगल पडकास्ट अन्य क्षेत्रमा पनि बढ्दै जानेछ र सन् २०२४ भरिमा सबै क्षेत्रमा उपलब्ध गराउने लक्ष्य कम्पनीको छ ।

पडकास्ट बन्द हुने बारेमा गुगलले इन एप नोटिफिकेसनको माध्यमबाट पछिल्लो केही दिनयता जानकारी दिइरहेको छ ।

अहिले कम्पनीले एपको होमपेजमा एउटा चेतावनी सन्देश देखाउन सुरु गरेको छ । गुगलले प्रयोगकर्तालाई आफ्ना डेटाहरु युट्युब म्युजिक वा अन्य मनपर्ने कुनै पडकास्ट सर्भिसमा मर्ज गर्न अनरोध पनि गरेको थियो ।

कम्पनीले प्रयोगकर्तालाई जुलाई २०२४ सम्म सम्ममा आफ्ना डेटाहरु स्थानान्तरण गर्ने विकल्प दिएको छ । प्रयोगकर्ताहरुले कुनैपनि अन्य प्लाटफर्ममा आफ्नो डेटा सार्न सक्नेछन् ।

यस विषयमा जानकारी दिंदै गुगलले भनेको छ- सन् २०२४ मा अगाडि जाँदा हामीले युट्युब म्युजिकमै पडकास्टमा लगानी बढाउनेछौं । यसले प्रयोगकर्ता तथा पडकास्ट प्रयोगकर्ताहरु दुवै पक्षलाई उत्तम अनुभव प्राप्त हुनेछ।

सब्सक्रिप्सन कसरी ट्रान्सफर गर्ने ?

प्रयोगकर्ताले सजिलैसँग आफ्नो सब्सक्रिप्सन युट्युब म्युजिकमा हस्तान्तरण गर्न सक्दछन् । यसका लागि सबैभन्दा पहिले गुगल पडकास्ट एप खोल्नुपर्ने हुन्छ । त्यसपछि होम ट्याबमा गएर थिच्नुपर्छ । त्यहाँ तपाईंले गुगल पडकास्ट एप बन्द भएको नोटिफिकेसन प्राप्त हुनेछ। जहाँ तपाईंलाई एक्सपोर्ट सब्सक्रिप्सनको विकल्प दिइन्छ ।

त्यसपछि तपाईंले एक्सपार्टे टू Youtube Music मा क्लिक गर्नुपर्नेछ । अनि त्यसपछि युट्युब म्युजिकको विकल्पमा पुग्नुहुनेछ । तपाईंले त्यहाँ आफ्नो जिमेल अकाउन्ट छान्नुपर्ने हुन्छ । त्यसपछि तपाईंको सब्सक्रिप्सन जोडिनेछ । यो प्रक्रियामा केही ढिलोचाहिं लाग्न सक्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?