+
+

यी हुन् गगनयानबाट अन्तरिक्ष पुग्ने ४ जना भारतीय अन्तरिक्षयात्री

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १६ गते १३:२१

भारतले आफ्नो पहिलो मानवयुक्त अन्तरिक्ष मिसन गगनयानका लागि चारजना अन्तरिक्षयात्रीको छनोट गरेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले चारैजना अन्तरिक्षयात्रीलाई एस्ट्रोनट विंग्स लगाइदिएर उनीहरुको नाम सार्वजनिक गरेका हुन् ।

भारतीय अन्तरिक्ष एजेन्सी इसरोले आफ्नो सोसल मिडिया अकाउन्ट एक्समार्फत् यसको जानकारी दिएको छ ।

चारैजना भारतीय वायुसेनाका प्रशिक्षक पाइलट हुन् । चार जनामा ग्रुप क्याप्टेन प्रशान्त नायर, अंगद प्रताप, अजित कृष्ण र विंग कमान्डर शुभांशु शुक्ला रहेका छन् ।

उनीहरुले भारतका सबै प्रकारका लडाकु जेट विमानहरु उडाइसकेका छन् र उनीहरु लडाकु जेटहरुका कमजोरी तथा विशेषताहरुको बारेमा पूर्ण जानकार छन् । त्यसैले उनीहरुलाई गगनयान अन्तरिक्ष तालिमका लागि छनोट गरिएको हो । उनीहरुको तालिम यसअघि नै रुसमा भैसकेको छ । हाल उनीहरुले बैंग्लोरस्थित अन्तरिक्षयात्री तालिम केन्द्रमा तालिम लिइरहेका छन् ।

गगनयान मिसनका लागि भारतका सयौं पाइलटहरुको परिक्षण भएको थियो । त्यसबाट १२ जना चुनिएका थिए । इन्स्टिच्यूट अफ एरोस्पेस मेडिसिनले उक्त छनोट गरेको थियो । तत् पश्चात् विभिन्न चरणका छनोट प्रक्रिया पूरा गरेर भारतीय अन्तरिक्ष एजेन्सी इसरो र भारतीय वायुसेनाले चारजना टेस्ट पाइलटहरुको नामलाई अन्तिम रुप दिएको थियो ।

त्योसँगै चारैजनालाई सन् २०२० को सुरुआतमा तालिमका लागि रुस पठाइयो ताकि उनीहरुले आधारभूत प्रशिक्षण लिन सकुन् । तर, कोभिड-१९ का कारण तालिममा विलम्ब भयो र सन् २०२१ मा मात्रै तालिम सकियो । त्यसयता चारैजनाले लगातार तालिम गरिरहेका छन् । त्यसमा विभिन्न प्रकारका तालिम भैरहेका छन् ।

इसरोको ह्युम स्पेस फ्लाइट सेन्टर (एचएसएफसी) मा अनेक खालका सिमुलेटरहरु राखिएको छ । त्यसमै उनीहरुले अभ्यास गरिरहेका छन् । उनीहरुले लगातार उडान पनि भरिरहेका छन् र तन्दुरुस्तीमा ध्यान दिइरहेका छन् ।

यद्यपि उनीहरु चारैजना गगनयान मिसनमा उडान भर्ने छैनन् । तीमध्ये २ वा ३ जना मात्रै गगनयान मिसनका लागि छानिनेछन् ।

रकेटलाई मानव उडानका लागि सुरक्षित बनाइनेछ

गगनयान मिसनका लागि छानिएको लन्च भेहिकल थ्री अर्थात् एलभिएम थ्री रकेटलाई एच एलभिएम थ्री मा बदल्नु आवश्यक हुनेछ ताकि यसले पृथ्वीभन्दा ४ सय किलोमिटरमाथि गोलाकार कक्षमा चालकदल रहेको मोड्युललाई पूराउन सकोस् । यहाँ एच को अर्थ ह्युमन रेटेड हो । त्यसैले उक्त रकेटको नाम एचआरएलभी हुनेछ । अर्थात् ह्युमन रेटेड लन्च भेहिकल ।

अन्तरिक्षयात्री जोगिने प्रणालीमा विशेष ध्यान

उक्त रकेटमा सुरक्षामा अधिक ध्यान दिइनेछ, जस्तो कि क्रू स्केप सिस्टम अर्थात् कुनै पनि खतराको समयमा चालक दलका सदस्य जोगिएर निस्किने प्रणाली । यस्तोमा त्यहाँ कुनै पनि खतरा देखिनासाथ क्रू मोड्युलले अन्तरिक्षयात्रीलाई पृथ्वीमा फिर्ता ल्याउन सकोस् ।

रकेटमा गडबडी हुनासाथ त्यसको कुनै पनि अवस्थामा टाढा लगेर अन्तरिक्षयात्रीलाई सुरक्षित राख्न सकियोस् । यदि कुनै आकस्मिकता आएमा चालक दलका सदस्य रहेको क्रू मोड्युल समुद्रमा खस्नेछ ।

इसरोका वैज्ञानिकहरुले यस्ता चारपाँच वटा खतराका विषयमा काम गरिरहेका छन् । ताकि यस्ता सम्भावित दुर्घटनाबाट अन्तरिक्षयात्रीहरुलाई बचाउन सकियोस् ।

हरेक खतरामा क्रू मोड्युलले फरक ढंगले प्रतिक्रिया जनाउनेछ र उसले उचाइ र गतिलाई पनि आफैं नियन्त्रण गर्दै अन्तरिक्षयात्रीलाई सुरक्षित रुपमा पृथ्वीमा अवतरण गराउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?