+
+
Shares
तिहारमा थारू विशेष परिकार :

बगिया थारू सभ्यता

खजन चिरै र सखारी-बखारी पनि

थारू समुदायले धनकी देवी लक्ष्मीलाई ‘हुक्के-हुक्का’ खेलेर भित्र्याएको भोलिपल्ट बिहानैदेखि घरघरमा चामलको पीठोबाट तिहारको परिकार ‘बगिया’ बनाउने गर्दछन् । खासगरी आज पूर्वी थारू समुदायको घर-घरमा बगिया (पश्चिममा थारू समुदायले ढिक्री भन्ने गर्छन्) पाकेको हुन्छ ।

सहदेव चौधरी सहदेव चौधरी
२०८२ कात्तिक ४ गते ९:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • थारू समुदायले तिहारलाई \'शुकराइ वा सुख राइत\' भनेर चिन्छन् र धनकी देवी लक्ष्मीलाई \'हुक्के-हुक्का\' खेलेर भित्र्याउँछन्।
  • थारू समुदायको विशेष परिकार बगिया चामलको पीठोबाट बनाइने र विभिन्न आकारमा कलात्मक रूपमा तयार गरिन्छ।
  • संस्कृतिविद् भुलाई चौधरीले बगिया थारू सभ्यताको प्रतीक भएको र यसको संरक्षणका लागि बगिया महोत्सव र अनुसन्धान आवश्यक भएको बताए।

४ कात्तिक, काठमाडौं। हिन्दू धर्मावलम्बीहरूले तिहार धुमधामले मनाइरहँदा तराईमा बसोबास गर्ने आदिवासी थारू समुदायले पनि यसलाई आफ्नै मौलिक तरिकाले मनाउने गरेका छन् । तिहारलाई थारू समुदायले शुकराइ वा सुख राइत भनेर चिन्‍ने गर्दछन्

थारू समुदायले धनकी देवी लक्ष्मीलाई हुक्के-हुक्का खेलेर भित्र्याएको भोलिपल्ट बिहानैदेखि घरघरमा चामलको पीठोबाट तिहारको परिकार बगिया बनाउने गर्दछन् खासगरी आज पूर्वी थारू समुदायको घरघरमा बगिया (पश्चिममा थारू समुदायले ढिक्री भन्ने गर्छन्) पाकेको हुन्छ ।

बगिया तिहारका लागि थारू समुदायको विशेष परिकार हो । बगिया बनाउँदा उनीहरुले कलात्मक तरिकाले विभिन्न आकारमा बनाउने गर्दछन् । सामाजिक रीतिथिति, रहनसहन र बसोबाससँग सम्बन्धित रहेर उनीहरूले बगियाका विभिन्न आकार प्रकार बनाउने गर्दछन्। जसमा थारू महिलाहरूले आफ्नो विशेष कला प्रस्तुत गरेका हुन्छन् । बगियासँगै थारू परिकारहरू खजन चिरै, सखारी-बखारी लगायतका आकृति बनाउने गरिन्छ

बगिया थारूको सभ्यता

थारू समुदायको घरमा आज विभिन्न आकारसँगै स्वाद पनि फरकफरक तरिकाले बनाइएको हुन्छ। जसको घरमा मुङको दाल हुनेले दाइल बगिया बनाएका हुन्छन् भने नहुनेले साधारण पानी बगिया बनाएका हुन्छन्।

थारू संस्कृतिविद् भुलाई चौधरी भन्छन्, ‘थारू समुदायले प्राचीन कालदेखि नै उसिनिएकै खानेकुरा बगिया खान थालेका हुन्। यो बगियामा खानकुरा मात्रै होइन यो थारूको असली सभ्यता हो । जुन दिन बगिया हराउँछ नि, त्यो दिनदेखि थारूको सभ्यता सकिँदैछ भन्‍ने बुझ्नू होला।

के हो बगियाको इतिहास ?

संस्कृतिविद चौधरीका अनुसार बगिया धानबाट बन्‍ने परिकार हो। तराईको मैदानी भूभागमा सबैभन्दा धेरै उब्जने अन्न हो धान। धान र किसानको सम्बन्ध पहिलो तराईमा बसोबास गर्ने आदिवासी थारूसँग गासिने उनी दाबी गर्छन् ।

उनी भन्छन्, ‘तिहारलाई थारू समुदायले सुकराइत अर्थात् सुखको दिन भन्दछन् । तराईको मैदानी भूभागमा सबैभन्दा धेरै फल्ने चीज धान हो। थारू समुदाय ‘ल्याण्ड लर्ड अफ तराई’ थिए । धानलाई सुनको प्रतीक मानिन्छ । त्यसैले तराईलाई सुन फल्ने मैदान पनि भनिन्छ। अन्नको भण्डार पनि भनिन्छ । उनीहरुले उब्जाएको धानको चामलबाट नै आफ्नो परिकारहरु बनाउँथे र त्यसमा उनीहरु आफ्नो बसोबास, रीतिरिवाज, संस्कार र परम्परालाई झल्किने गरी बनाउँथे।’

थारू संस्कृतिविद् भुलाई चौधरी ।

उनका अनुसार तराईमा जतिबेला थारू समुदाय धान फलाउथे र बगिया बनाउँथे, त्यतिबेला न त पहाडबाट पहाडी समुदाय तराई झरेका थिए, मधेसी समुदायको भारतबाट आगम। उनी ठोकुवा गर्दै भन्छन्, ‘ जुन समयमा धान खेती र किसानी विल्कुल थारू समुदायले मात्रै गर्दथ्यो तराईमा। एक्लो थारू समुदाय तराईमा बिगहौ बिगाहामा धान उब्जाउथे र चाँडपर्व मनाउथे।थप शुभ कार्य प्रगणना भोजका लागि राख्थे। त्योबेला न त पहाडी समुदाय झरेकै थिएनन्, मधेसी समुदायको नामो निसान थिएन तराईमा तराईमा थारूको आफ्नै खानपान, भाषा, संस्कृति रहनसहन र सभ्यता रहेको संस्कृतिविद् चौधरी बताउँछन् । हाम्रा पुर्खाहरूले परापूर्वकालमै माटोको भाडामा यही बगिया बनाउनुहुनुथ्यो र बिहान, दिउँसो अनि राति पानीको बाफले उसिनेर खानुहुन्थ्यो। यही हाम्रो सभ्यता र पहिचान थियो।जुन अहिलेसम्म पनि जारी छ।

उनले तराईमा उक्त समयमा भयंकर माहामारीको रुपमा मलेरिया रहेकोले थारू बाहेक तराईमा टिक्नै नसक्ने स्थिति हेको पनि सुनाए। पहाडी समुदाय मलेरिया उन्मुलनपछि पहाडबाट झरेको र मधेसी समुदाय बहुदलपछि बढी तराईमा आगमन भएको उनको भनाइ छ। थारू समुदाय मलेरियाअघि र पछि पनि तराईमै खेती किसानी गरेर बसे। यही उसिनेको बगिया खाए र मलेरिया पचाए। मलेरिया उन्मुलनपछि पहाडी र बहुदलपछि मधेशी समुदाय तराईमा आएर थारूको सभ्यता र संस्कृतिसँगै आफ्नो संस्कृति फैलाए

हाम्रा पुर्खाहरूले परापूर्वकालमै माटोको भाडामा यही बगिया बनाउनुहुनुथ्यो र बिहान, दिउँसो अनि राति पानीको बाफले उसिनेर खानुहुन्थ्यो। यही हाम्रो सभ्यता र पहिचान थियो।जुन अहिलेसम्म पनि जारी छ।’

उनका अनुसार यो परिकार बाफमा पाक्ने भएकाले थारू समुदायले यसलाई ‘बगियानामाकरण गरेका हुन् । चौधरी अगाडि भन्छन्, पहिलाका थारूहरुसँग अहिलेको जस्तो पित्तलको भाँडो, स्टीलको भाँडो थिएन। त्यसैले उनीहरु माटोबाटै बनेको भाँडोमा बाफमा आफ्नो परिकार ‘बगियाबनाउँथे। बाफबाट बनेको हुनाले यसलाई बगिया भनियो। ‘

माटोबाट बनाइएको उक्त भाँडोलाई ‘अट्नी‘ भनिन्छ। अहिले त्यो लोप भइसकेको चौधरी बताउँछन्। अट्नी नभएपनि बगिया बनाउने संस्कार भने कायमै रहेको उनको भनाइ छ।

पाइन बगियादाइल बगिया

थारू समाजमा प्रशस्त धानखेत भएकाले उब्जिने धानबाट परिकारमा पनि कलात्मक चेत भरिएको उनको भनाइ छ। उनका अनुसार सुरूमा पानीको बाफमा बनाउने भएपनि पछि दाल हालेर बगिया बनाउन चलन आयो।

पहिला पानीमा मात्रै बनाउने भएकाले पाइन बगिया भनियो। तर हबेली बनाउन थालेपछि हबलीमा थारू समाजले परिकारलाई थप कलामार्फत आफ्नो परिकारलाई परिस्कृत गर्दै लग्यो, ‘ उनी भन्छन, ‘त्यसपछि बगियामा खेतमा उब्जिएको दाल हालेर दाइल बगिया पस्किने चलन आयो। यसमा थारू महिलाहरूको विशेष योगदान छ। बगिया अहिले थारू समाजमा ब्राण्ड बनिसकेको छ।

थारू परिकार बगिया।

उनका अनुसार बगिया थारू समाजले पहिला माटोको भाडोमा बनाउने आएको र अहिले समय अनुसार बनाउने भाडो परिवर्तन गरेको हो। बगिया परापूर्वकालदेखि नै थारू समुदायले माटोको भाडोमा बनाउँदै आएका हुन्। यसलाई अट्नी भन्छौं, जुन माटोबाट बनाइएको छ,’ उनी भन्छन्पहिले मौलिक परिकार बगिया बनाउने माटोको भाडा हुन्थ्यो अट्नी।अब त्यो हराइसक्यो, बगियाको वास्तविक स्वाद पनि हराउँदै गएको छ। अहिले भने विभिन्न सिल्भरका, स्टिलका भाडाहरू आइसकेका छन्।

हामी खासगरी अहिले पनि तिहार भन्दैनौ, बगिया पावैन भन्छौं। या त शुकराइत अर्थात सुख राइत भन्छौ। यो भनेको सुखको राति।त्यसको भोलिपल्ट लक्ष्मीले मिठोमिठो खान पाइन्छ भनेर,’ उनी भन्छन्, धान चामलले घर भरिपूर्ण र धनधान्य हुन्छ भन्ने विश्वास गर्थ्यौ। पैसा त अहिले आयो। पहिला पैसाको चलन थिएन। त्यसकारण खेतको महत्व थियो अनि धान चामलकोयहीबाट अनेक परिकार बन्थ्यो

खजन चिरै

खजन चिरै थारू समुदायले आफ्ना बालबालिकाका लागि बनाउने चामलको एक परिकार होखजन चिरै एक प्रकारको चरा हो, जुन सानो तर चञ्चल स्वभावको हुन्छमौसम विस्तारै चिसो हुँदै जाँदा रुखबाट लड्दैपड्दै घामको खोजीमा निस्किने गर्दछठीक यस्तै स्वभाव बालबालिकामा हुनेउनीहलाई जाडोबाट बचाउन बाफबाट बनेको खजन चिरै आकारको बगिया बनाउने गरिएको संस्कृतिविद् भुलाई चौधरी भनाइ छ ।

खजन चिरै एक प्रकारको चरा हो । यसको स्वभाव निक्कै चञ्चल हुन्छ । बालबालिकामा पनि त्यही स्वभाव भएकाले त्यसैको स्वरुप थारू समुदायमा बालबालिकालाई खजन चिरै बनाउन चलन आएको हो,’ उनी भन्छन् । यसका साथै खजन चिरै कुन दिशामा देखिन्छ सोही अनुसार फल मिल्ने सामाजिक तथा धार्मिक विश्वास थारू समुदायमा रहिआएको चौधरीको भनाइ छ ।

बाफले पाकिसकेपछिको खजन चिरै र बगियाको परिकार।

यस्तै आकारमा सानो भएकाले बालबालिकालाई खजन चिरै खुब मन पर्ने भएकाले उनीहरुको लागि उक्त परिकार विशेष मानिन्छलक्ष्मीपूजाको भोलिपल्ट बिहानै थारू समुदायका बालबालिका ओछ्यानबाट उठ्ने बित्तिकै आफ्नी आमालाई त्यहीखजन चिरै माग्ने गर्दछन्यसबारे थारू लोकगाथा पनि रहेको छ ।

खजन चिरै

खजन चिरै

बर गुरका

ममा मारलकै

दबिया पिज्या

मामी रानहलकै

नथिया डोल्या

ममा खेलकै

(मोछ फल्क्या)-२ ।।

अर्थात्

खजन चरा

खजन चरा

धेरै गुल्टिने

धेरै गुल्टिने

मामाले मार्नुभयो

खुकुरी तिखारी

माइजूले पकाउनुभयो

नथिया (नाकमा लगाउने गहना) हल्लाइ

अनि मामाले खानुभयो

(जुँगा हल्लाइ)-

सखारी-बखारी

सखारी-बखारी पनि थारूको परम्परागत संस्कृतिको प्रतीक होपहिला तराईमा थारूहरुको प्रशस्तै खेत हुनेधान भित्र्याउँदा त्यही बखारी (बाँसबाट बनाइएको गोलो ट्यांक)मा राख्ने गरिन्थ्यो

उनीहरुले यो परम्परालाई आफ्नो परिकारमा पनि उतार्ने गर्दथेफलस्वरुप उनीहरु सुखको दिन अर्थात् सुकराइतमा त्यसको प्रतीक स्वरुप सखारी-बखारी बनाउने गर्दछन् थारू समुदायसँग तराईमा बसोबास गर्ने अन्य समुदायले पनि अहिले देखासेखी बगिया बनाउन थालेको उनी बताउँछन् ।

देऊसेलाई बगिया दक्षिणा र आशिर्वाद 

तिहारमा देऊसी खेल्न आउने देऊसेलाई थारू समुदायले यही बगिया दक्षिणा र आशिर्वादको रुपमा बगिया दिने चलन रहेको संस्कृतिविद चौधरी बताउँछन् ।

‘हाम्रो समाजमा कोही देऊसेहरू आयो भने हाम्रा पुर्खाहरूले दक्षिणा र आशिर्वादको रुपमा यही बगिया दिनुहुन्थ्यो। किनकि त्यतिबेला पैसाको चलन थिएन। घरमा पाकेको बगिया खान दिने र दक्षिणा स्वरुप दिने पनि गर्नुहुन्थ्यो,’ उनी सम्झिन्छन्, ‘ बगिया दिँदै देउसेलाई यो खाएमा सयवर्षभन्दा बढी बाच्छौं भनी बगियासँगै घोङ्ही, सितुवा, माछा-मासु र पोषिलो तरकारीको परिकारहरू पनि दिनुहुन्थ्यो। हामी पनि अरूको घरमा देऊसी खेल्न जाँदा यही दिनुहुन्थ्यो घरबेटीले।’

उनका अनुसार घरमा त्यतिबेला पैसा नहुने भएकाले की त बगिया कि त चामल नभए प्राय: जसो धान दिने चलन थियो। धानलाई थारूहरू धनलक्ष्मीको रुपमा हरेक शुभकार्यमा पुज्दै आएका छन्। ‘हामी धानलाई रोप्नेदेखि काटेपछि पनि पुज्ने गर्छौं। ‘

स्वास्थ्यका लागि फाइदै-फाइदा

चामलबाट बन्‍ने यी परिकार (बगिया, खचन चिरैसखारीबखारी) पानीको बाफमा पाक्ने भएकाले स्वास्थ्यका दृष्टिकोणले फाइदै फाइदा हुने उनको भनाइ छ । उनी भन्छन्, ‘ बगिया पानीको बाफमा पाक्छ। यही बाफमा पकाएर खाएकाले हाम्रा पुर्खाहरू सय वर्षभन्दा बढी बाँचेका हुन् । तर अहिले सयवर्ष बाँच्न मुस्किल छ। किनकी बगिया खाने चलन विस्तारै हराउँदै गयो

बगिया विशुद्ध चामल र बाष्पीकरणबाट बन्ने भएकाले यसमा पूर्ण रुपमा पौष्टिक तत्व पाइने र शरीरलाई चाहिने सबै तत्व पुर्‍याइदिने गर्दछ। साथै शरीरको रोग प्रतिरोधात्मक क्षमता दुईगुणा बढाउँदछ।

बगिया विशुद्ध चामल र बाष्पिकरणबाट बन्ने भएकाले यसमा पूर्ण रुपमा पौष्टिक तत्व पाइने र शरीरलाई चाहिने सबै तत्व पुर्‍याइदिने गर्दछ। साथै शरीरको रोग प्रतिरोधात्मक क्षमता दुईगुणा बढाउँदछ।

बगिया हराएर जाने चिन्ता

पहिला थारूको गाउँ-गाउँमा हबेली र थारूहरुको घरघरमा बखारी हुने गर्दथ्यो। कुनै गाउँमा धान वा चामल घटेमा वा प्रगन्ना भोजमा केही कमी भएमा यही बखारीबाट झिकेर दिने चलन थियो। यो परम्परालाई उनीहरुले आफ्नो चाडपर्वमा कायम गरेका थिए। शुद्ध चामल र पानीबाट बन्ने भएकाले यसलाई उनीहरुले प्रकृतिको प्रसाद भनेर ग्रहण गर्नुपर्ने मान्यता राख्थे। तर अहिले शहर केन्द्रित थारू समाज पनि भएकाले बगिया बनाउनेर खुवाउने चलन हराउँदै गएकोमा उनको चिन्ता छ ।

थारू संस्कार र परम्पराको जगेर्ना गर्न युवापुस्ता अघि सर्नुपर्ने बताउँदै संस्कृतिविद् चौधरी भन्छन्, ‘अब युवाहरुले थारू संस्कार र संस्कृतिको जगेर्ना गर्नुपर्ने बेला आएको छ। यसलाई जोगाउन सकिएन भने थारू संस्कृति लोप भएर जाने खतरा हुन्छ।’

उनले बगियाको सभ्यता जोगाउन थारू समाजले ठाउँठाउँमा बगिया महोत्सव, गोष्ठी, कार्यपत्र, परिकारबारे खोज अनुसन्धान र राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउनुपर्ने जरूरी भइसकेको बताउँछन् ।

लेखक
सहदेव चौधरी

समसामयिक र सूचना प्रविधिसम्बन्धी समाचार लेख्ने चौधरी अनलाइनखबर डटकमका वरिष्ठ उपसम्पादक हुन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?