+
+
Shares

बज्जिका भाषा र मिडिया : एक ऐतिहासिक दस्तावेज

नेपालको जनगणना २०५८ मा पहिलो पटक स्वतन्त्र भाषाको रुपमा मान्यता पाएको यो बज्जिका भाषाले अहिले मधेश प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा मान्यता पाएको छ।

किशुन दयाल श्रीकृष्ण किशुन दयाल श्रीकृष्ण
२०८२ कात्तिक १३ गते १३:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • \'बज्जिका भाषा र मिडिया\' पुस्तकले बज्जिका भाषाको विकासक्रम र मिडियाको प्रभावलाई अनुसन्धान विधि प्रयोग गरी समेटेको छ।
  • त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. दानराज रेग्मीले यो पुस्तकलाई आधुनिक अनुसन्धानका दायराभित्र तयार पारिएको पठनीय र अनुकरणीय कृति भनेका छन्।
  • नेपालको जनगणना २०५८ मा स्वतन्त्र भाषाको रूपमा मान्यता पाएको बज्जिका भाषा अहिले मधेश प्रदेशमा सरकारी कामकाज र प्राथमिक तहको पाठ्यक्रममा प्रयोग भइरहेको छ।

पत्रकार गिरिजा अधिकारी र सञ्जय साहद्वारा लिखित ‘बज्जिका भाषा र मिडिया’ पत्रकारितामा चर्चामा रहेको पुस्तक हो। साहित्य सङ्गमद्वारा २०७९ मा प्रकाशित भएको यो पुस्तक बज्जिका भाषाको विकासक्रम र त्यसमा मिडियाले पारेको प्रभावको विषयमा केन्द्रित छ।

अनुसन्धान विधि प्रयोग गरी लेखिएको बज्जिका भाषा र मिडियामा बज्जिका भाषाको परिचय, भाषाको उत्पति, नामाकरण, विकास प्रकृया, प्रयोग क्षेत्र, वर्तमान अवस्था, वक्ता वितरण, ब्याकरण, शब्दकोष, साहित्य सिर्जना र कृति, अनुवाद र अनुसन्धान, बज्जिका भाषा विस्तारमा सञ्चार माध्यमको योगदान, यसको उत्थानमा साहित्यिक लेखन, बज्जिका भाषाको विस्तारमा योगदान पुर्‍याउने व्यक्ति, व्यक्तित्व र संघसंस्थाहरू, यसका चुनौती र संभावनाहरू र निश्कर्षलगायतका विषयवस्तुहरू समेटिएका छन्।

मिडिया अनुसन्धान सम्बन्धी पुस्तकका लेखकहरूले यसको माध्यमबाट बज्जिका भाषाको विस्तारमा मिडियाले निर्वाह गरेको भूमिका र योगदान पहित्याउने प्रयत्न गरेका छन्।

त्रिभुवन विश्वविद्यालय भाषा विज्ञान केन्द्रीय विभागका प्रमुख प्राध्यापक डा. दानराज रेग्मीले आधुनिक अनुसन्धानका दायराभित्र तयार पारिएको यो कृति पठनीय, संग्रहनीय र अनुकरणीय रहेको उल्लेख गरेका छन्। यसबाट पनि यस पुस्तकको नेपालमा पार्ने प्रभाव विशिष्ठ रहेको स्पष्ट पारेको छ।

नेपालको जनगणना २०५८ मा पहिलो पटक स्वतन्त्र भाषाको रुपमा मान्यता पाएको यो बज्जिका भाषाले अहिले मधेश प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा मान्यता पाएको छ। विद्यालयहरूमा प्राथमिक तहमा पाठ्यक्रमको रूपमा यही भाषा प्रयोग भइरहेको छ।

त्रिभुवन विश्व विद्यालय केन्द्रीय भाषा विज्ञानले गरेको एक अनुसन्धानमा बज्जिका भाषा एक सबल र स्वतन्त्र भाषाको रुपमा उल्लेख छ। यस कृतिमा वर्णनात्मक पद्धतीको आधारमा ऐतिहासिक दृष्टिकोणबाट बज्जिका भाषाको मूलत: समाज भाषिक स्थितिको गहन रुपमा चर्चा गर्दै मिडिया अर्थात् आम सञ्चारमा यस भाषाको प्रयोगको अवस्थाको बारेमा समीक्षा गरिएको छ–प्रध्यापक डा. रेग्मीले लेखेका छन्।

बज्जिका भाषा नेपालको मधेश प्रदेशमा बोलिने महत्वपूर्ण भाषा हो। यसको ऐतिहासिकता संरक्षणको निम्ति महत्वपूर्ण कामहरू भएका छन्। यसको विस्तारमा स्थानीय स्तरमा संचालनमा रहेको रेडियो, पत्रपत्रिकाहरूले पनि महत्वपूर्ण भूमिका पूरा गरेका छन्।

नेपालमा विशेष गरी यो भाषाको विस्तारमा आमसञ्चार माध्यमले कस्तो प्रभाव पारेको छ, अहिलेको अवस्थाको बज्जिका भाषाको प्रयोगको अवस्था कस्तो छ, यसको संरक्षणमा केन्द्र तथा स्थानीय सरकारले के कस्ता काम गरिरहेको छ र समुदायले बज्जिका भाषाको संरक्षणमा के कस्ता कामहरू गरेका छन् भन्ने कुरालाई पुस्तकले प्राथमिकताका साथ संकलन गरेको छ।

सारमा भन्दा यो पुस्तक बज्जिका भाषाको निम्ति महत्वपूर्ण ऐतिहासिक दस्तावेजको रूपमा पछिसम्म पनि अध्ययन हुनेछ। यसै पुस्तकलाई सन्दर्भ सामग्रीको रूपमा लिएर थप अध्ययन अनुसन्धान समेत हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?