+
+

अन्तरिक्षमा पुग्यो निकोनको क्यामरा, पृथ्वीको तस्वीर खिच्ने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २९ गते १३:२५

निकोन कम्पनीको एक विशेष क्यामरा अन्तरिक्षमा पुर्‍याइएको छ । कम्पनीले आफ्नो फ्लागशीप, मिररलेस क्यामरा Nikon Z9 लाई सिग्नस कार्गो अन्तरिक्षयानसँगै अन्तरिक्षमा पठाएको हो ।

उक्त यान गत जनवरी १३ मा प्रक्षेपण गरिएको थियो र अहिले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुगेको छ । सो क्यामरालाई पृथ्वीको तस्वीर खिच्नमा प्रयोग गरिनेछ ।

कम्पनीले यो क्यामरासँगै NIKKOR Z लेन्स पनि पठाएको छ । यो नासा र निकोन कम्पनीका लागि निकै महत्वपूर्ण मौका हो । यो पहिलो मिररलेस क्यामरा हो, जसलाई पृथ्वीबाट अन्तरिक्षमा पठाइएको छ ।

के छ विशेष यो क्यामरामा ? 

निकोन जेड ९ क्यामरालाई अन्तरिक्षमा काम गर्ने हिसाबले तयार गरिएको छ । यसका लागि कस्टम फ्रेमवर्क तयार गरिएको छ जसले अन्तरिक्षको विषम परिस्थितिमा समेत काम गर्दछ । यसको मद्दतबाट अन्यन्तै प्रष्ट तथा विस्तृत तस्वीर खिच्न सकिनेछ । अन्तरिक्षयात्रीहरुले यो क्यामराको प्रयोग गरेर पृथ्वी तथा अनय खगोलीय वस्तुहरुको तस्वीर कैद गर्न सक्नेछन् ।

यसबाट अन्तरिक्षयात्रीलाई अन्तरिक्षमा क्यामरा प्रयोग गर्ने व्यक्तिगत अनुभव पनि प्राप्त हुनेछ । यी सबैको प्रयोग भविष्यको अनुसन्धान तथा शिक्षामा गर्न सकिनेछ ।

यद्यपि निकोन र नासाबीच साझेदारी भएको यो पहिलोपटक भने होइन । यी दुईबीच दशकौंदेखि साझेदारी हुँदै आएको छ ।

सन् १९७१ मा नासाले अपोलो १५ लञ्च गर्दा पनि निकोनसँग सहकार्य गरेको थियो । त्यसबेला निकोनका क्यामराको प्रयोग ऐतिहासिक तस्वीरहरु कैद गर्नका लागि गरिएको थियो ।

निकोनले आफ्नो निकोन जेड सिरिजको क्यामरा सन् २०१८ मा लञ्च गरेको थियो र उसले यसमा लगातार काम गरिरहेको छ ।

झ्वाट्ट हेर्दा यो क्यामरा अन्य आम डिजिटल क्यामरा जस्तै देखिन्छ । तर यसको प्रविधि तथा फ्रेमवर्क सामान्य क्यामराभन्दा नितान्त फरक छ ।

यी क्यामराहरुलाई अन्तरिक्ष स्टेशनमा रहेका निकोन डी सिक्स र डि फाइभबाट प्रतिस्थापित गरिनेछ । यो अन्तरिक्षयात्रीले प्रयोग गर्ने पहिलो मिररलेस क्यामरा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?