शुक्रबार, ११ चैत, २०७३
OnlineKhabar.com

विचार

स्थानीय चुनाव भाँड्ने ‘रअ’ को डिजाइन ? हेर्नुहोस् ५ शंकास्पद योजना

आगामी बैशाख ३१ गतेका लागि घोषणा गरिएको स्थानीय तहको चुनाव कुनै पनि हालतमा सफल हुन नदिन भारतीय गुप्तचर संस्था ‘रअ’ ले डिजाइन गरेको र सोहीअनुसार नेपालमा उसले शंकास्पद गतिविधि बढाएको विश्लेषण नेपाल सरकारले गरेको छ । उच्च सरकारी अधिकारीहरुका अनुसार देशमा भइरहेका पछिल्ला केही घटनाहरु अत्यन्तै अप्रत्यासित एवं घुसपैठबाट गराइएका पाइएका छन् । चुनाव...

एमालेले मागेको ‘ब्ल्याक एण्ड हृवाइट’ प्रचण्ड चीनबाट फर्केपछि आउला त ?

      १० चैत, काठमाडौं । ‘त्यो केजाति मोर्चाको जमानी को बस्ने ? तपाईहरु त हिजो पनि जमानी बसेर संविधानमा पहिलो संशोधन गराएको हो, अब जमानी होइन, ब्ल्याक एण्ड हृवाइटमा ल्याउनुस्’ पछिल्लोपटक बालुवाटार बैठकमा कांग्रेस सभापति शेरवहादुर देउवा सहितका नेतालाई एमाले नेताहरुले ठोस प्रस्ताव मागेपछि राप्रपासहित ४ दलको बैठक बिनानिश्कर्ष टुंगिएको थियो ।...

​तराईवासीको पहाड यात्रा: सुन्दर गाउँहरु सोमालिया नबनून्

कठ्याङ्ग्रिँदो जाडो छ । पल्लो डाँडोमा सेताम्मे हिउँ देख्छु । तीला कर्णाली पनि शान्त छिन् । जाडोले गर्दा बग्न बिर्सेर सुस्ताएकी छिन् । गाडीबाट झर्ने बित्तिकै चिसो सिरेटोले म लुगलुग काम्न थाल्छु । कालिकोटमा पुसे जाडो असह्य हुन्छ ।  पूरै शरीर कक्रिन थाल्छ । राचुली यही हो भनेर काक्रेबिहार बसले झिसमिसेमै ओरालिदिएको थियो ।...

प्रचण्डको चीन भ्रमणः विना तयारीको यात्रा

चीनको हैनान प्रान्तको बोवाओमा मार्च २३ देखि २६, २०१७ मा आयोजना हुने बोवाओ सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड सहभागि हुँदैछन् । गैरसरकारी र गैरनाफामुखी चरित्र बोकेको यो फोरमको मुख्य कार्यालय चीनको हैनान प्रान्तको बोवाओमा रहेको हुनाले यो फोरमलाई बोवाओ फोरम भनेर चिनिन्छ । सन् २००१ मा विधिवत स्थापना गरिएको यो फोरमले सन्...

चीन भ्रमणबाट आफूलाई पखाल्न सक्लान् त प्रचण्डले ?

नेपालका प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धेरै समयदेखि चीनप्रति मित्रवत् रहँदै आएका थिए । यद्यपि, ३ अगष्ट, २०१६ मा दोस्रोपटक प्रधानमन्त्री पद सम्हालेयता उनले दुईपटक भारतको भ्रमण गरे र गत नोभेम्बरमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई न्यानो आतिथ्य प्रदान गरे । प्रचण्डको भारतपरस्त विदेश नीतिले गर्दा चीन-नेपालबीचको सम्वन्ध धमिलो बनेको सत्य...

अफ्रिकाका काला जाति र एसियाका दलित

विभेद यस्तो विष हो, जसले सम्मानका साथ बाँच्न र मर्नसम्म पनि दिँदैन । मानव जातिमाथिको यही विभेदलाई निर्मुल गर्ने उद्देश्यले संयुक्त राष्ट्र संघ र यसका सदस्य राष्ट्रहरुले रंगभेद उन्मुलनको अन्तर्राष्ट्रिय दिवस प्रत्येक वर्ष विश्वभरि मनाउने गर्छन् । २१ मार्चमा ५१ औं रंगभेद उन्मुलनको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाइँदै छ । प्रसंग अफ्रिकाको अफ्रिकी राज्यको स्रोत...

कता हराए भँगेरा ?

भँगेरा र भँगेरी कुरा गर्छन् कसरी चुरचुर गर्छ भँगेरो चिरचिर गर्छे भँगेरी … राष्ट्रकवि माधवप्रसाद घिमिरेको प्रिय बाल कवितासँगै हुर्किएको हाम्रो पुस्ताले आँखै अगाडि भँगेराहरु हराउँदै गएको पनि देखेको छ । चरा संरक्षण र अनुसन्धानको क्षेत्रमा काम गर्छु भनेर मैले कुनै भेटघाट वा कार्यक्रममा आफूलाई परिचित गराउँदा एउटा आम प्रश्न आएकै हुन्छ, ‘भँगेराहरु हाम्रो...

राप्रपा भर्सेज निर्वाचन आयोगः को कति पानीमा ?

निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबाट ‘राजतन्त्र’ र ‘हिन्दु राष्ट्र’ मेटिदिएको विषय अहिले चर्चामा छ । सत्तारुढ राप्रपाले निर्वाचन आयोग घेर्नेसम्मका कार्यक्रम सार्वजनिक गरिसकेको छ । यो प्रकरणबाट चुनावै बिथोलिनसक्ने चेतावनीसमेत राप्रपाले आयोगलाई दिएको छ । कम्युनिष्ट पार्टीहरुले आफ्नो विधानमा ‘समाजवाद’ र ‘साम्यवाद’ लेख्न पाउने, राप्रपाको विधानमा ‘राजतन्त्र’ र ‘हिन्दु राष्ट्र’ राख्न किन नपाइने...

बाबुरामजी, उपेन्द्र रोज्ने कि प्रचण्ड ?

‘मधेस जागरण अभियान’का क्रममा दशगजा पुगेर मधेसी समुदायबीच अति भावुक हुँदै बाबुरामले भनेका थिए- ‘तपाईँहरुलाई भारतका मान्छे र तपाईँहरुको पक्षमा लाग्यो भनेर मलाई भारतको दलाल भन्ने आरोप लगाइएको छ, यसप्रति म अत्यन्तै दुःखी छु र तपाईँहरुसँग क्षमा माग्न चाहन्छु । तर, तपाईँहरुले मन नदुखाउनुहोला र नेपाली भएकोमा गर्व गर्नुहोला । आˆना बा-आमा खराब भए...

कमल थापाले झण्डा हल्लाउँदै निर्वाचन आयोग घेर्न मिल्छ ?

दोस्रो जनआन्दोलन ०६२ पछि तत्कालीन राजाको शान्तिपूर्ण सत्ता हस्तान्तरणबाट बिट नमारुन्जेलको सरकारका गृहमन्त्री हुन् कमल थापा । उनी त्यसबेला भारतमा भारतैद्वारा तत्कालीन सात दल र तत्कालीन भूमिगत माओवादीवीच गराइएको १२ बुँदे सम्झौताको धुँवाधार विरोध गर्थे । तत्कालीन सरकारद्वारा आतंककारी घोषित माओवादीसँग सात दलले असंवैधानिक रुपमा कार्यगत एकता गरेकोमा मीठो भाषामा कटू आलोचना गर्ने शाही...

युएईका नेपाली संघसंस्था, समाजसेवा र चुनौती

युएईमा नेपाल र नेपालीहरुको सहयोगका निम्ति राष्ट्रिय, अन्तर्राष्ट्रिय, जिल्ला, गाउँ, जात, धर्म, कला, संस्कृतिक आदि आधारमा करिब ८० भन्दा धेरै नेपाली संघसंस्था क्रियाशील छन् । नेपाली दूतावासले पनि पछिल्लो पटक युएईमा रहेका नेपाली संघसंस्थाहरुको अस्तित्व र सहयोगी क्रियाकलापलाई सकारात्मक रुपमा लिएर आफ्ना कार्यक्रमहरुमा क्रियाशील नेपाली संघसंस्थाहरुलाई निम्तो गर्ने राम्रो परिपाटीको विकास गरेको छ ।...

‘आठ सय जिल्ला’ को बाटोमा गणतन्त्र नेपाल

दुनियाँ जानकार छ कि गणतन्त्र नेपालमा स्थानीय तह पुनःसंरचनाको वैज्ञानिक विचार सर्वप्रथम हामीले निर्माण गरेका हौं । जनतालाई अधिकार सम्पन्न बनाउने र जनसमुदायको माझमा गणतन्त्र संस्थागत गर्ने उद्देश्यमा केन्दि्रत प्रस्तुत विचार ८ सय जिल्लाको नयाँ नेपालको रुपमा हामीले सार्वजनिक गरेका थियौं । गणतन्त्र नेपालको प्रथम निर्वाचित प्रधानमन्त्री प्रचण्ड सरकारमा हामीलाई संस्कृति तथा राज्य पुनःसंरचना...