+
+

स्कुटर दुर्घटनामा पत्रकार राई गम्भीर घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १५ गते १४:५०

१५ वैशाख, काठमाडौं । स्कुटर दुर्घटनामा परेर पत्रकार नविन प्यासी राई गम्भीर घाइते भएका छन् ।

शनिबार बिहान ४ बजेतिर कमलादीमा स्कुटर दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका प्रहरी वृत्त, दरबारमार्गका डीएसपी गोविन्द थापाले बताए ।

उनका अनुसार, बा प्र ०२ २०२५ प ०४१० नम्बरको स्कुटरको पछाडि सवार राई सडकमा खस्दा गम्भीर घाइते भएका थिए । लगत्तै प्रहरीले उद्दार गरेर राष्ट्रिय ट्रमा सेन्टर लगेको थियो ।

ट्रमाबाट रेफर गरेर अहिले उनको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । उनको परिवारिक स्रोतका अनुसार, राईको अवस्था गम्भीर छ ।

दुर्घटनापछि भागेका सवारी चालक उग्रसेन रायमाझीलाई नियन्त्रणमा लिएको थापाले बताए । रायमाझी समेत सामान्य घाइते छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?