+
+
विचार :

गठबन्धन बन्ने, भत्किने र फेरि बन्ने कारण

गठबन्धन राजनीतिको गतिशीलता बुझ्न विभिन्न राजनीतिक सन्दर्भहरूमा शासनका जटिलता पहिचान गर्न र लोकतान्त्रिक स्थायित्व र जवाफदेहीलाई बढावा दिन आवश्यक छ । नेपाली राजनीतिमा गठबन्धन बन्ने र भत्कने फेरि बन्ने कुराको अन्तर्यमा पुग्ने प्रयत्न पो गर्ने कि !

खिमलाल देवकोटा खिमलाल देवकोटा
२०८० फागुन २९ गते १०:५९

राजनीतिको क्षेत्रमा, गठबन्धन सरकारहरू विश्वव्यापी रूपमा बढ्दै गएका छन् । तिनीहरूले विविध राजनीतिक विचारधारा, रणनीतिक गठबन्धन, व्यावहारिक सम्झौता र जटिलताको परिणामको सही प्रतिनिधित्व गर्छन् । कतिपय गठबन्धन स्थिरता र प्रभावकारिता हासिल गर्दै फस्टाउँछन्, अरूहरू विवादित स्वार्थ र आन्तरिक कलहको बोझले टुक्राटुक्रा हुन्छन् । यस लेखले विभिन्न देशमा गठबन्धन सरकारहरूको गठन, कार्य र अन्ततः विघटनको विश्लेषण गर्दै नेपालको सन्दर्भलाई उजागर गर्ने प्रयत्न गर्दछ ।

गठबन्धनको ध्येय सरकार हो । जब दलहरू आफ्नै बुतामा सरकार गठन गर्ने ल्याकत राख्दैनन् तब मन मिल्ने वा स्वार्थ मिल्नेहरूका बीच सरकार गठन गर्ने उद्देश्यले मात्रै भए पनि दलहरूबीचको सहकार्य आवश्यक हुन्छ । यो घटना कुनै विशेष क्षेत्र वा राजनीतिक प्रणालीको लागि मात्र होइनÙ यसले राष्ट्रिय वा अन्तर्राष्ट्रिय सिमानाहरू पार गर्छ यत्रतत्र सर्वत्र गठबन्धन संस्कृतिको अभ्यास हुने गरेको छ । ठाउँ, परिवेश र चरित्र विशेषमा यसको अभिव्यक्ति भिन्न हुन्छ । युरोपको संसदीय लोकतन्त्रदेखि एशिया र अपि|mकामा बहुदलीय प्रणालीसम्म, गठबन्धन सरकारहरू आधुनिक राजनीतिक परिदृश्यमा विभिन्न ढंगले देखा पर्ने गरेका छन् । यसै परिवेशमा नेपालमा पनि लामो समयदेखि गठबन्धन सरकारको अभ्यास हुँदै आएको छ । त्यसै गठबन्धन सरकारका बारेमा चर्चा गर्ने यस आलेखको ध्येय रहेको छ ।

गठबन्धन सरकार गठन

गठबन्धन बाध्यताको उपज हो । जब दलहरू एकल रूपमा सरकार गठन गर्न सामथ्र्य राख्दैनन् तब गठबन्धन अनिवार्य आवश्यकता बनेर आउँछ । अनिवार्य आवश्यकता भएकै कारण गठबन्धन सरकार गठनको प्रक्रिया स्वाभाविक रूपमा जटिल हुन्छ जसमा सहभागी दलहरूबीच वार्ता, छलफल सहमति र सम्झौताको लामो र जटिल प्रक्रियाबाट गुज्रन अनिवार्य छ । गठबन्धन सरकारलाई चुनावी नतिजा, वैचारिक अनुकूलता, नीति प्राथमिकता र रणनीतिक गणनाहरू सहित धेरै कारकले प्रभाव पार्छन् ।

संसदीय प्रणालीमा, गठबन्धन गठन सामान्यतया एक आम चुनाव पछ्याउँछ जहाँ कुनै एक दलले संसद्मा बहुमत प्राप्त गर्न सक्दैन । साझा नीतिगत उद्देश्य र आपसी हितमा आधारित गठबन्धन बनाउन दलहरू चुनावपछिको वार्तामा संलग्न हुन्छन् । पार्टी वा गठबन्धन नेता जसले बहुमत विधायिकाको समर्थनको कमाण्ड गर्छ, सामान्यतया सरकार गठन गर्न आमन्त्रित गरिन्छ । यसलाई निर्वाचनपछिको गठबन्धन पनि भन्न सकिन्छ । यसका अलावा कतिपय मुलुकहरूमा निर्वाचन अगावै पनि गठबन्धन गर्ने प्रचलन छ जो नेपालमा पनि केही समयदेखि अभ्यास हुँदै आएको छ ।

गठबन्धन गठनका कारक
निर्वाचन परिणाम बहुदलीय पद्धति अबलम्वन गरेका मुलुकहरूमा चुनावी परिणामका माध्यमद्वारा जनमत विभाजित हुन्छ । विभाजित जनमतले सरकार गठन गर्न बहुमत भने अनिवार्य रूपमा सिद्ध गर्न जरूरी छ । यस्तो अवस्थामा निर्वाचनको परिणाम आधारित बहुमत हासिल गर्ने ध्येयले गठबन्धन सरकारको निर्माण हुन्छ । कतिपय मुलुकहरूले अवलम्बन गरेको निर्वाचन प्रणालीका कारण पनि एक दलको बहुमत असम्भव जस्तै देखिन्छ । खासगरी समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गरेका मुलुकहरूमा यो समस्या देखा पर्दछ भने मिश्रति निर्वाचन प्रणालीमा पनि एकल बहुमत हासिल गर्न कठिन हुने प्रणाली रहेछ भन्ने कुरा नेपालले भोगेको समस्याले पुष्टि गर्दछ ।

विचार आधारित गठबन्धन

राजनीतिको मूल आधार विचार हो भनिन्छ । विचार र राजनीति मिल्नेहरू एकठाउँमा उभिन्छन् । निर्वाचनका बखत वा निर्वाचन पश्चात् जतिबेला भए पनि विचार र राजनीति मिल्नेहरूले गरेको गठबन्धन स्वाभाविक बन्दछ । जसलाई वैचारिक गठबन्धन पनि भन्न सकिन्छ । नेपालको सन्दर्भमा संविधान जारी भएपछिको पहिलो निर्वाचन जसमा एमाले र माओवादीले आपसमा गठबन्धन गरी निर्वाचन लडेका थिए । विचारका आधारमा एक ठाउँमा उभिएको कम्युनिस्ट गठबन्धनले गैर कम्युनिस्टहरूलाई किनारामा धकेल्ने काम पनि गरेको थियो । यसरी झन्डै दुई तिहाइको नजिक पुगेर पनि कम्युनिस्टहरूको दुर्भाग्य पूरा अवधि सरकार चलाउन सकेनन् । विचार आधारित गठबन्धन टिक्दैन भन्ने नकारात्मक भाष्य निर्माण गर्न पुगे नेपाली राजनीतिक खेलाडीहरू भन्न सकिन्छ ।

एजेन्डा आधारित गठबन्धन

विचार र राजनीति नमिल्दा पनि दलहरू एकठाउँमा बस्न सक्दछन् । यस्तो अवस्थामा त्यस्ता दलहरूलाई एकठाउँमा ल्याउने आधार भनेको तत्कालीन एजेन्डा हो । तत्कालीन एजेन्डा मात्रै मिल्दा पनि दलहरू एकठाउँमा बस्न बाध्य हुन्छन् किन भने तिनीहरूलाई सरकार गठन गर्न पुग्ने गणित पुर्‍याउनै पर्ने बाध्यता हुन्छ । नेपालको सन्दर्भमा संसद् विघटनको पक्ष र विपक्षमा दलहरू विभाजित थिए । देश र जनता पनि विभाजित थिए त्यसले पनि एक प्रकारको स्वाभाविक परिणाम दिएको थियो र सोही आधारमा सरकार बनेको थियो । त्यो प्रकारको सरकार र गठबन्धनलाई एजेन्डा आधारित गठबन्धन भन्न सकिन्छ । नेपाली कांग्रेस, माओवादी लगायत संसद् विघटन संविधान विपरीत हो भन्नेहरूको एउटा चुनावी मोर्चा र संसद् विघटन सही थियो भन्ने एमाले लगायतका दलहरूको अर्को मोर्चाका बीचमा निर्वाचन भएको थियो ।

निर्वाचन परिणामले संसद् विघटन बेठिक थियो भन्ने नेपाली कांगे्रस र माओवादी लगायत दलहरूको एजेन्डालाई विजयी घोषणा गरेको थियो तर सरकार गठन हुने बेलामा एमाले लगायतका दलको समर्थन बन्न पुग्यो । सरकार गठनलगत्तै संसद्बाट विश्वासको मत प्राप्त गर्ने बेलामा भने सबैको मत प्राप्त गर्न सफल प्रचण्ड सरकार ऐतिहासिक सरकार बन्न पुग्यो । तर फेरि राष्ट्रपतिको निर्वाचनमा कांग्रेस नेता रामचन्द्र पौडेलको पक्षमा माओवादी उभिंदा एमाले प्रतिपक्षमा धकेलिन पुगेको हो । अहिले फेरि निर्वाचनको त्यही परिणामका आधारमा एमाले लगायतका दलको समर्थनमा नयाँ गठबन्धन सरकार बन्ने तर कांग्रेस प्रतिपक्षमा धकेलिने अवस्था बन्न पुगेको छ । एजेन्डा आधारित उक्त गठबन्धन टिक्न नसक्दा शक्ति बाँडफाँट आधारित कुर्सी प्रधान गठबन्धनलाई जन्माउन त्यही गठबन्धन जिम्मेवार रहृयो भन्न सकिन्छ ।

कुर्सी वा शक्ति बाँडफाँट आधारित गठबन्धन

राजनीतिको ध्येय सरकार गठन गर्ने सरकार मार्फत आफ्ना नीति कार्यक्रमहरू लागू गर्ने प्रयत्न गर्ने राजनीतिको आधारभूत ज्ञान रहेछ । यसका लागि संसद्को गणित बलवान् हुने रहेछ । बहुमत सरकार बनाउने एक मात्र आधार रहेछ । बहुमत एकल प्राप्त गर्न नसकेमा गठबन्धन बहुमत जुटाउने आधार बन्दोरहेछ । नेपालको सन्दर्भमा यतिबेलाको गठबन्धन शक्ति बाँडफाँटमा आधारित गठबन्धन सरकार चलिरहेको छ । विचार राजनीति र एजेन्डा यस गठबन्धनमा गौण बन्न पुगेको छ । शक्ति बाँडफाँटमा कुरा मिलेको भए अहिले संसद्मा रहेका कुनै पनि दल सरकारमा नजाने वा नबस्ने घोषित नीति लिएका छैनन् र विगतमा पनि थिएनन् । यस्तो अवस्थामा ठूला दलहरूले गठबन्धन वार्तामा आफ्नो दबाब र प्रभाव राख्छन्, अनुकूल शर्तहरू सुरक्षित गर्न आˆनो चुनावी शक्तिको फाइदा उठाउँछन् । साना दलहरू सत्तामा पहुँच प्राप्त गर्न वा विशिष्ट नीति उद्देश्यहरू अगाडि बढाउन गठबन्धनमा सामेल हुन सक्छन् ।

गठबन्धन किन बन्छन्, किन भत्किन्छन् ?

नेपालमा गठबन्धन किन बन्छन् किन भत्किन्छन् यसका सिद्धान्त र मान्यताहरू के हुन् भन्ने बारेमा बहस हुँदैन । हल्का टिप्पणी गर्ने, वैयक्तिक स्वभाव, चरित्र र स्वार्थमा परिघटनाहरूलाई सीमित गरिदिने प्रवृत्ति नेपाली समाजको मुख्य समस्या हो । यस प्रकारको समस्याले विषयको गहिराइमा पुग्नै दिंदैन

गठबन्धन सरकारहरूले समावेशी शासन र सहमति-निर्माणका लागि अवसरहरू प्रदान गर्दा, तिनीहरू चुनौती र समस्याबाट मुक्त छैनन् । निम्न कारकहरूले गठबन्धन सरकारहरूको कमजोरी र सम्भावित पतनमा पुग्ने त छँदैछ गठबन्धन बन्ने, भत्किने र फेरि नयाँ बन्ने अनन्त प्रयत्न हुने गर्दछन् ।

दलहरू बीचको आन्तरिक कलह गठबन्धन बन्न र भत्कनमा जिम्मेवार रहन्छ । गठबन्धन सरकारहरू स्वाभाविक रूपमा कमजोर हुन्छन्, गठबन्धन साझेदारहरू बीचको भिन्न चासो र वैचारिक मतभेदहरूले अक्सर आन्तरिक कलह निम्त्याउँछ । नीतिगत प्राथमिकता, शक्ति बाँडफाँट, मन्त्री नियुक्ति वा रणनीतिक निर्णयहरूमा असहमतिले गठबन्धन एकतालाई तनाव दिन सक्छ र साझेदारहरू बीचको विश्वासलाई कम गर्न सक्छ । गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसको बेमौसमी महासमिति र त्यहाँ भएको बहस, संविधान विरोधी हर्कत र ‘जनयुद्ध’प्रतिको विषवमनका साथै परिणाम निकाल्न मन्त्रिपरिषद्को पुनर्गठन गर्न नसक्ने वातावरणको सिर्जना गठबन्धन भत्कनुका कारण हुन् भन्ने सार्वजनिक भएको छ ।

नेतृत्वमा अस्थिरता अर्को कारक हो भनिन्छ । तर नेतृत्वले स्थिर हुने नाममा कुर्सी जोगाउने तर परिणाम देखाउन नसक्ने अवस्था रोज्न तयार हुनुपर्दथ्यो । जो कुरा प्रचण्डका लागि मान्य भएन । यसको प्रभाव गठबन्धनमा स्वाभाविक रूपमा पर्‍यो भन्न सकिन्छ । किनकि अनुभव र अध्ययनहरूले के पुष्टि गरेका छन् भने गठबन्धन पार्टीहरूभित्रको नेतृत्व परिवर्तन वा नेतृत्वको स्थितिमा विवादले सरकारलाई अस्थिर बनाउन सक्छ । विशेषगरी गठबन्धन साझेदारहरूबाट समर्थन फिर्ता लिने दबाब दिने गर्दछन् । आफ्नो आन्तरिक पार्टीमा देखा परेका बाछिटाहरूको प्रभाव सरकार र गठबन्धनमा पर्दछ र परिणाम सरकार ढल्ने वा नयाँ बन्ने तहमा पुग्दछ ।

नीतिगत अस्पष्टता गठबन्धनको अर्को समस्या हो । यो कुरा आरम्भमा युक्रेन वारका बखत चीनले विपक्षमा भोट हाल्दा भारतले तटस्थ बस्दा नेपालले युक्रेनको पक्षमा भोट गरेर कूटनीतिक अपरिपक्वता प्रदर्शन गरेको थियो । यसको कारण सोध्दा सरकारको हैन, मुलुकको पनि हैन, प्रधानमन्त्रीको त हुँदै हैन, परराष्ट्र मन्त्रीको एकल निर्णयले त्यसो हुन पुगेको थियो भन्ने जवाफ प्राप्त भएको थियो । अध्ययनहरूले के देखाउँछन् भने गठबन्धन सरकारहरूले विवादास्पद विषयहरूमा धारणा बनाउन असफल हुन्छन् । खास प्राथमिकताहरूमा शक्तिको प्रभाव वा गठबन्धनभित्रको अवरोधका कारण सुसंगत नीतिहरू लागू गर्न वा अर्थपूर्ण सुधारहरू लागू गर्ने मामलामा बहस, छलफल र संघर्ष गर्न असफल हुन सक्छन् । जसले गठबन्धनका दलहरूको विश्वासलाई कमजोर बनाउन सक्छ र प्रभावकारी शासनमा बाधा पुर्‍याउँछ । जनताको तहमा विश्वास खस्कन्छ तब गठबन्धन असफल हुने ठाउँमा पुग्दछ । वास्तवमा यस पटकको गठबन्धनले त्यही हालत व्यहोर्न बाध्य भएको थियो ।

बाहृय दबाब वा अनुचित चलखेल आजको दुनियाँमा स्वाभाविक परिघटना हो । तर त्यसलाई कसरी थेग्ने सम्बन्धी मुलुकको, सरकारको र नेतृत्वको चासो क्षमता र दक्षताको विषय हो । गठबन्धन सरकार भएका ठाउँमा यस प्रकारको चलखेल झन् बढी हुने गर्दछ । सामाजिक, राजनीतिक र आर्थिक संकट, रणनैतिक स्वार्थ मिश्रति भूराजनीतिक तनाव, वा यस्तै अन्य आकस्मिक परिघटनाहरू जस्ता बाहृय कारकहरूले गठबन्धन सरकारहरूलाई दबाब दिन सक्छन्, तिनीहरूको लचिलोपन र उदीयमान चुनौतीहरूको प्रभावकारी रूपमा प्रतिक्रिया दिन नसक्दा गठबन्धन धरापमा पर्न सक्दछ ।

आगामी चुनावको चासो केन्दि्रत विचारहरू पनि अर्को पाटो हो । गठबन्धन साझेदारहरूले दीर्घकालीन प्रभाव छाड्ने तरिकाले शासन गर्ने भन्दा आगामी चुनावी लाभहरूलाई प्राथमिकता दिन सक्छन् । जसले आफ्ना मतदाता र निर्वाचन क्षेत्रहरूलाई खुसी पार्न वा चुनावी समर्थनलाई सुरक्षित गर्ने उद्देश्यले लोकपि्रय उपायहरू वा नीतिगत छुटहरू निम्त्याउन सक्छ । जुन वास्तवमा गठबन्धन धरापमा पर्ने मुख्य कारक बन्न सक्दछ ।

गठबन्धन सरकार नेपालको मात्रै समस्या हैन

विश्व राजनीतिमा अलग्गै पहिचान दिन सफल जर्मनी समानुपातिक निर्वाचन प्रणालीका कारण बारम्बार गठबन्धन सरकारहरू निर्माण गर्नुपर्ने बाध्यताबाट गुज्रेको छ । क्रिस्चियन डेमोक्रेटिक युनियन, क्रिस्चियन सोसल युनियन र सोसल डेमोक्र्याटिक पार्टी बीचको वर्तमान गठबन्धनले राजनीतिक विभाजनको बीचमा स्थिर शासन प्रदान गर्न गठन गरिएको एक सफल गठबन्धनलाई प्रतिबिम्बित गर्दछ । यद्यपि, वैचारिक भिन्नता र नेतृत्वको संक्रमणले गठबन्धनलाई तनावपूर्ण बनाएको छ, जसले गठबन्धन कुनै पनि बेला धरापमा पर्न सक्ने बारेमा अनेक अनुमान लगाइने गरिएको छ ।

इटाली अर्को गठबन्धनबाट प्रताडित मुलुक हो । इटालीको बहुदलीय प्रणाली र बारम्बार चुनावी पुनर्गठनले गठबन्धन सरकारहरूको अभ्यास भएको छ । परम्परागत राजनीतिबाट वाक्क भएर केही युवाहरू राजनीतिप्रतिको व्यंग्यस्वरुप फाइभ स्टार मुभमेन्ट चलाएका छन् उनीहरूले नै डेमोक्रेटिक पार्टीको नेतृत्वमा सन् २०१९ अघिल्लो सरकारको पतनपछि गठबन्धन बनाउन सफल भएको थियो । यद्यपि, आन्तरिक विवाद र नीतिगत असहमतिले गठबन्धनको एकतालाई कमजोर बनायो, जसले गर्दा यसको विघटन र त्यसपछिको राजनीतिक उथलपुथल भयो ।

छिमेकी मुलुक भारत गठबन्धन राजनीतिको सफल नमूना बन्दै गएको छ । भारतीय जनता पार्टीको नेतृत्वमा बनेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन, सफल गठबन्धनको एक प्रमुख उदाहरण हो जसले सन् २००० को प्रारम्भदेखि भारतीय राजनीतिमा प्रभुत्व जमाएको छ । यद्यपि, गठबन्धनका साझेदारहरूले कहिलेकाहीं समर्थन फिर्ता लिएका छन् वा वफादारीहरू बदलेका छन् तथापि एकल बहुमत ल्याउने अवस्थामा पनि गठबन्धन जरूरी छ भन्ने सन्देश भारतीय राजनीतिमा अभ्यास गरेको राजनीतिले दिने गरेको छ ।

इजरायल समानुपातिक निर्वाचन प्रणाली भएको मुलुक हो जसले पनि बारम्बार निर्वाचन र गठबन्धन सरकारहरू उत्पादन गरेको उदाहरण सामुन्नेमा छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले शासन गर्न दक्षिणपन्थी, केन्ऽवादी र धार्मिक दलहरूसँग गठबन्धन बनाएको छ । यद्यपि, आन्तरिक विभाजन, भ्रष्टाचार, घोटाला र व्यक्तिगत प्रतिस्पर्धाले गठबन्धनको स्थायित्वलाई कमजोर बनाएको छ, जसले बारम्बार राजनीतिक सङ्कट भने रोक्न सकेको छैन ।

निष्कर्ष

नेपालमा गठबन्धन किन बन्छन् किन भत्किन्छन् यसका सिद्धान्त र मान्यताहरू के हुन् भन्ने बारेमा बहस हुँदैन । हल्का टिप्पणी गर्ने, वैयक्तिक स्वभाव, चरित्र र स्वार्थमा परिघटनाहरूलाई सीमित गरिदिने प्रवृत्ति नेपाली समाजको मुख्य समस्या हो । यस प्रकारको समस्याले विषयको गहिराइमा पुग्नै दिंदैन । गहिराइमा नपुगी गरेको हल्का टिप्पणी कामयावी पनि हुँदैन । तथ्यपरक पनि हुँदैन । तब त्यस प्रकारका परिघटनाहरू पटक-पटक दोहोरिन्छन् । त्यसैले नेपाली समाजको आलोचक जगतले हल्का टिप्पणी गर्न छाडेर गम्भीर हुन प्रेरित गर्न जरूरी छ ।

यो सत्य हो कि गठबन्धन सरकारहरूले सहयोग, समावेशिता र सहमति-निर्माणका लागि अवसरहरू प्रदान गर्दै आधुनिक राजनीतिको जटिलताहरूमा व्यावहारिक परिघटनाहरूको प्रतिनिधित्व गर्छन् । यद्यपि, तिनीहरूको गठन र स्थिरता चुनावी नतिजा, वैचारिक आवद्धता, नेतृत्वको गतिशीलता र बाहृय दबाब लगायत असंख्य कारकहरूको अनुकूल वा प्रतिकूल प्रभावहरू देखा पर्न सक्दछन् । कतिपय गठबन्धन सरकारहरू स्थिर शासन र नीतिको निरन्तरता दिन सफल भए पनि कतिपय आन्तरिक विवाद, बाहृय झट्का वा चुनावी गणनामा फसेका छन् । गठबन्धन राजनीतिको गतिशीलता बुझ्न विभिन्न राजनीतिक सन्दर्भहरूमा शासनको जटिलताहरू पहिचान गर्न र लोकतान्त्रिक स्थायित्व र जवाफदेहीलाई बढावा दिन आवश्यक छ । यिनै तथ्यहरूलाई मनन गर्दै गठबन्धन सरकार संस्कृति र अभ्यासका बारेमा गम्भीरतम बहस छेड्न जरूरी छ । नेपाली राजनीतिमा गठबन्धन बन्ने र भत्कने फेरि बन्ने कुराको अन्तर्यमा पुग्ने प्रयत्न पो गर्ने कि !

लेखकको बारेमा
खिमलाल देवकोटा

अन्तरिम संविधान मस्यौदा समितिका सदस्य र संविधानसभा सदस्य समेत रहेका लेखक वरिष्ठ अधिवक्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?