+
+
Shares

१२ साना दलले बनाए ५ गठबन्धन

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २२ गते १८:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावमा ११४ दलले भाग लिँदैछन् र १२ दलले संयुक्त चुनाव चिह्नमा लड्ने तयारी गरेका छन्।
  • नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र राष्ट्रिय जनजागृती पार्टीले बस चुनाव चिह्नमा गठबन्धन बनाएर निर्वाचन लड्नेछन्।
  • राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले जाँतो चुनाव चिह्नमा संयुक्त रूपमा चुनाव लड्ने तयारी गरेका छन्।

२२ मंसिर, काठमाडौं । २१ फागुनका लागि तय भएको प्रतिनिधिसभाको चुनावमा ११४ दलले भाग लिँदैछन् । यसमध्ये १२ वटा दल संयुक्त चुनाव चिह्नमा निर्वाचन लड्दैछन् ।

चुनावमा भाग लिने दलहरूको संख्या धेरै भए पनि उनीहरू एक्लैभन्दा गठबन्धन बनाएर निर्वाचनमा जाने तयारीमा देखिन्छन् ।

नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र राष्ट्रिय जनजागृती पार्टी एउटै चुनाव चिह्नमा निर्वाचन लड्दैछन् । उनीहरूको चुनाव चिह्न बस रहेको छ ।

नेपाल संघीय समाजवादी पूर्वराज्यमन्त्री रिजवान अन्सारी नेतृत्वको दल हो । हरिनन्दन कुमार अम्बेडकर नेतृत्वमा बहुजन एकता पार्टी नेपाल छ । नेपाल जनजागृति पार्टीको नेतृत्वमा धपलालप्रसाद सहनी छन् । यी तीन पार्टीहरू संघीय गणतान्त्रिक गठबन्धन बनाएर निर्वाचन लड्दैछन् ।

राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपाल पनि एउटै चुनाव चिह्नमा निर्वाचन लड्दैछन् । उनीहरूको चुनाव चिह्न जाँतो छ ।

राष्ट्रिय मुक्ति पार्टी नेपालको अध्यक्ष पूर्वउपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतो हुन् । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राई नेतृत्वमा जनता समाजवादी पार्टी छ । नागरिक उन्मुक्ति पार्टी नेपालको अध्यक्षमा कबिर सोप रहेका छन् ।

पूर्वसहरी विकासमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी र रमनकुमार कर्ण नेतृत्ववको जनादेश पार्टी नेपाल पनि एकल चुनावमा निर्वाचनमा भाग लिँदैछ ।

अम्बिकाप्रसाद थैव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी) र लोकनारायण सुवेदी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पनि एकल चुनाव चिह्नमा चुनाव लड्दैछन् ।

पुण्यप्रसाद प्रसाईं नेतृत्वको सचेत नेपाली पार्टी र भरत खड्का नेतृत्वको नागरिक सर्वोच्चता पार्टी पनि एकल चुनाव चिह्नमा चुनाव लड्ने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?