बुधबार, ७ भदौ, २०७४
OnlineKhabar.com

साहित्य

उल्झन लिएर आए हेमप्रभास

२९ साउन, काठमाडौं । कवि हेमप्रभासको उपन्यास ‘उल्झन’ बजारमा आएको छ । नायक राजेश हमालको प्रमुख आतिथ्यमा वरिष्ठ पत्रकार युवराज घिमिरे, डा. नवराज लम्साल र कवि एवम् समालोचक महेश पौड्यालले शनिबार संयुक्तरुपमा पुस्तकको लोकार्पण गरे । पुस्तकमाथि बोल्दै नायक हमालले उल्झन उपन्यासले युवाहरुको वर्तमान मनोदशा र देशको समसामयिक अवस्थालाई चित्रण गरेको बताए । आफू...

अनुपम र ज्ञानुलाई युवा वर्ष मोती पुरस्कार

२७ साउन, काठमाडाैं । नेपाली भाषा साहित्यको उत्थान र यसको श्रीवृद्धिमा उल्लेखनीय योगदान गरेबापत यो वर्षको मोती पुरस्कार रुपन्देहीकी अनुपम रोशी र चितवनकी ज्ञानु अधिकारीलाई संयुक्तरुपमा प्रदान गरिने भएको छ । युवा वर्ष मोती पुरस्कार छनोट समितिका अध्यक्ष कालीप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले साहित्यकारद्वय रोशी र अधिकारीलाई ५० हजार राशिको पुरस्कार प्रदान गर्ने निर्णय...

कथाः प्रेमको भाषा

‘दाइ अब बिहे गर्न पर्‍यो केटी खोज्नुस्’ । सुदीपले एक्कासी मलाई यस्तो भन्दा असहज महसुस गरे मैले । सुदिपलाई चिनेको चार वर्ष भइसकेको थियो । चिनजान यता हाम्रो पारिवारिक जमघट पनि भइरहन्थ्यो । त्यसैले पनि उसले हरेक कुरा मलाई बिना धक भन्ने गर्छ । म पनि उसको विगतदेखि कहाँ अन्जान छु र ? उसले...

कथाः मण्डपबाट बेहुली गायब

दिनभरिको पारिलो घाम कोल्टे फेर्दै थियो । पश्चिमतिर डाँडामा अलिकति ठूलो आकारमा पहेँलो देखिएको सूर्यका किरणले बेलुकीको सङ्केत गरिरहेको थियो । मंसिरको महिना । फाँटहरु हराभरा थिए । पहेँलै धानका बालाहरु झुलिरहेका थिए । प्रकृतिले हेमन्त ऋतुलाई अँगालो हाले झैँ लागिरहेको थियो । बेलुकीपख चिसो बतास सुस्तरी चलिरहेको थियो । विवाहको बाजा बजेको आवाज...

भण्डारीले ल्याए ‘हि्वलचियरको जिन्दगी’

१३ साउन, काठमाडौं । हि्वलचेयरमा जीवन बिताउन विवश शारीरिक अपांगता भएका व्यक्तिहरुको अनुभूतिमा आधारित पुस्तक ‘हि्वलचियरको जिन्दगी’ बजारमा आएको छ । पुस्तकको लेखन कृष्णप्रसाद भण्डारीले गरेका हुन् जो स्वयम् हि्वलचेयर प्रयोगकर्ता हुन् । हालै साँगास्थित स्पाइनल इन्जुरी पुनस्र्थापन केन्द्रमा आयोजित एक कार्यक्रममा सो कृति लोकार्पण गरिएको थियो । मेरुदण्ड पक्षघात भएका पाँच दर्जनभन्दा बढि...

अष्ट्रेलियामा कवि नवराजको प्रश्न-आमाको काख किन्नु पर्‍यो भने ?

२५ जुलार्इ, सिड्नी । सोच तातेताते गराउने बुबाको हात किन्नुपर्‍यो भने ? हा ऽ हा ऽ हा ऽ लोइलोइलोइ गराउने आमाको काख किन्नुपर्‍यो भने ? बहिनीले निःशुल्क टाउकोमा ठुङ हान्दिन भनी भने ? दिदीले सुनाउने सुनकेशरी रानीको कथाको पैसा तिर्नुपर्‍यो भने ? मैले त मेरो ईश्वर पनि पर देख्न थाले यस्तो लाग्यो ऊ ईश…वर...

प्रिय पाँच: कविताले दिएको कम्पन

‘वैरागी काइँलाका कविताहरु’ – वैरागी काइँला यो कविताकृति मैले स्कूले जीवनमै पढ्ने अवसर प्राप्त गरें । ‘महेन्द्रमाला’ मा हालिएका छन्द, झ्याउरे र सरल गीति कविताहरुमा डुबेको मलाई यस कृतिले कविताबारे मेरो बुझाइको भेजालाई विस्तारित गर्‍यो या भनूँ खल्बल्याइदियो । यस्तो गाह्रो पनि कविता हुन्छ भन्दा नेपाली पढाउने सरले भन्नुहुन्थ्यो- ‘आयामेली कवि हुन् वैरागी काइँला...

कविताः मालिक

मालिक यसपालि तिमीले दिएको तलबले श्रीमतीको लागि हातमा बाला बैंनीको लागि गलामा सिक्री स्कुल जाने भतिजको लागि झोला टुकुटुकु हिँड्ने भतिजीको लागि राम्रो नाना किन्दिएँ । तर अझैं पनि बांकी नै छ किन्न श्रीमतीको लापग सपनाको घर दाइलाई लखपति बन्ने महत्त्वकांक्षा आमाको लागि पुरानो खुशी बाबाको लागि एक झोला बलवान खैंनी मेरो लागि एक...

कल्लीः उपन्यास अंश- आइमाई हुनुको अर्थ खुल्यो !

बिहे गरेको ठ्याक्कै नौ वर्ष आठ महिना भएछ…। घाम डाँडामुन्तिर डुब्नुअघि नै घरका थुप्रै काम सक्ने हतारो थियो कल्लीलाई । “ए बा काँ छौ ?” बाहिरबाट कसैले बोलायो । बा निस्किए आँगनमा । “लौ डिल्लु तँ ?” बाहिर बाको खुसी मिसिएको स्वर सुनियो । कल्लीले भित्रैबाट नियाली । भर्खरै आएको नौजवानले घुँडा टेकेर बाको...

अनुवाद साहित्य: क्रिसमसको उपहार (कथा)

एक डलर र सतासी सेन्ट । त्यत्ति थियो । डेलाले यो धन एक-एक सेन्ट गर्दै बचाएकी थिई । चामल-दाल किन्दा, तरकारी किन्दा, मासु किन्दा पसलेहरुसँग मोलतोल गरेर यो पैसा बचाएकी थिई । उसले यो पैसा तीन पल्ट गनी । एक डलर र सतासी सेन्ट । भोलिपल्ट क्रिसमस थियो । सानो मैलो सोफामा थचक्क बसेर...

गजब निबन्ध: कहाँ गए ती दिनहरु ?

यसबेला म सोच्दै छु- कहिलेसम्म नेपाल अधिराज्यमा सङ्गीतकला प्रस्थापित भइसक्ला ? अझ पचास वर्ष लाग्ला कि ! म स्वयम् आफूलाई यस प्रश्नको जवाफ दिन सकिरहेको छैन र सोच्दै छु- अहँ हामी कहाँ र कुन स्थानमा छौं ? विग एक दशकभित्रै संसारमा कत्रो हेरफेर भइसक्यो, हामीकहाँ नै कत्रो परिवर्तन आइसक्यो । भनौं न, आज जन्मेको...

कथा: ढोका अगाडिको रातो चप्पल

कलेज जान हतारहतार कोठाबाट तल झरेँ । अन्तिम तलाको ढोका अगाडि एक जोर लेडिज चप्पल थियो, रातो रङको । ती चप्पल देखेपछि मलाई अड्कल लाउन गाह्रो भएन, लिम्बूनी आन्टी सरेर खाली भएको त्यो कोठामा कुनै स्त्री आएकी छिन् । भित्रबाट ठूलो आवाजमा मीठो गीत बजिरहेको थियो र गीत सँगसँगै स्त्रीको सुरिलो स्वर पनि आइरहेको...