+
+
Shares
कविता :

म फर्स्ट बेन्चर नै  हो !

कृष्णहरि भण्डारी कृष्णहरि भण्डारी
२०८० फागुन १९ गते १८:५०

हो साथी,

म फर्स्ट बेन्चर नै  हो !

त्रसित मन, काँतर मुटु

अनि कमजोर दृष्टि

किन सक्थें बस्न पछाडि

त्यसैले इज्जतका साथ भन्छु

हो साथी,

म फर्स्ट बेन्चर नै  हो !

 

अवस्थितिको असर, परिस्थितिको पीडा

अनि भविष्यको त्रासदी

किन सक्थें बस्न पछाडि

त्यसैले इज्जतका साथ भन्छु

हो साथी,

म फर्स्ट बेन्चर नै  हो !

 

मलाई फर्स्ट बेन्चले नोकरी दियो

या नोकरी फर्स्ट बेन्चरलाई दिइयो

आज नोकरीले मुखमा माड लागेको छ

त्यसैले इज्जतका साथ भन्छु

हो साथी,

म फर्स्ट बेन्चर नै  हो !

 

तिमीलाई लाग्ला मुखमा माड पशुले नि लगाउँछ

जिन्दगी त कुकुरले नि चलाउँछ

तर  के थाहा तिमीलाई पसिनाको स्वाद

पारिश्रमक मूल्य अनि देशको सेवा

त्यसैले इज्जतका साथ भन्छु

हो साथी,

म फर्स्ट बेन्चर नै  हो !

 

उति बेला गुरुले  बोल्न लगाउँदा

ठिङ्ग काम्दै उभिने तिमी

आज नेता कहलिएका छौ

चोर्न नपाएर शिक्षक कुट्ने तिमी

आज अभिनेता ठहरिएका छौ

तिमी जे बन, अनि जे भन

फेरि पनि भन्छु

हो साथी,

म फर्स्ट बेन्चर नै  हो !

 

तिम्रो गठजोर मिल्यो भन्दैमा

तिमीले संसार बुझ्दैनौ

तिम्रो हठजोर मिल्यो भन्दैमा

तिमीले संसार जित्दैनौ

संसार बुझ्न त ज्ञान चहिन्छ

सबैको इज्जत राख्ने ध्यान चाहिन्छ

तसर्थ फेरि पनि भन्छु

हो साथी,

म फर्स्ट बेन्चर नै  हो !

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?