+
+

२ लघुकथा : नाफा र खुल्दुली

ढाकामोहन बराल ढाकामोहन बराल
२०८० फागुन १९ गते ११:०४

नाफा

आँगनमा मानिसहरू जम्मा भएका थिए । टुल्कीको अनुहार मलिनो थियो । ‘धेरै टाढा लैजान सकिंदैन । कता पुर्‍याउने हो ?’ मानेले सोध्यो । ‘त्यही त बारीको वल्लो पाटो भन्दा पर लैजान सकिंदैन’ हर्केले भन्यो । टुल्कीको लोग्ने विदेश गएको पनि धेरै भयो तर पैसा पठाएको थिएन । छोराछोरी सानै थिए । ‘बारीको वल्लो पाटोमा लैजाने सल्लाह भयो भने ल कोदाली र साबेल निकाल न त, खन्न सुरु गरौं !’

मानेले भन्यो । कोही खाडल खन्न थाले । कोही बाँसको घोचा र डोरी खोज्न थाले ।

केही समयपछि खाडल खन्ने काम सकियो । सबैको मद्दत पुगेपछि सजिलो भयो । बाँसको घोचा र डोरीको सहायताले मरेको जर्सी गाई तानेर खाडलसम्म पुर्‍याइयो । नन्दलाल बाले सोध्नुभयो, ‘ऋण कति बाँकी थियो नि टुल्की ?’ आँखाभरी आँसु टिलपिल् गर्दै टुल्कीले भनी, ‘छोराछोरीको मुखको कटाएर भने पनि अघिल्लो महिना अन्तिम किस्ता बुझाएकी हुँ । अब त नाफा भनेको यही गाई थियो । त्यै पनि बूढो भएर मर्‍यो !’

खुल्दुली

सानैदेखि ज्ञानी थियो ऊ । धेरै बुझेको थियो । नम्र बोल्न कसैले सिकाउनु परेन । आफूले जानेको कुरा सबैलाई सिकाउँथ्यो । हामीहरूको बानी बिग्रन्छ कि भनेर उसलाई धेरै चिन्ता हुन्थ्यो । ढाँट र छल कहिल्यै पनि गर्न दिंदैनथ्यो । पढाइमा तेज थियो । हामी सबैलाई पढाइको लागि प्रेरणा दिइरहन्थ्यो । आज म आफ्नो मातृभूमिबाट धेरै टाढा छु । उसको सम्झना आयो । एक वर्ष अगाडि सुनेको थिएँ । ऊ पनि राजनीति गर्न थालेको थियो । नेपालको साथीलाई म्यासेन्जरमा सोधें- ‘ऊ पहिलाको जस्तै छ कि बदलियो ?’

पोखरा ७ मासबार, कास्की

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?