+

राष्ट्रिय लिग फुटबलमा चर्च ब्वाइजको शानदार जित

२०८२ चैत  ४ गते २०:१९ २०८२ चैत ४ गते २०:१९
राष्ट्रिय लिग फुटबलमा चर्च ब्वाइजको शानदार जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चर्च ब्वाइज युनाइटेडले राष्ट्रिय लिग फुटबलमा संकटा क्लबलाई पराजित गरेको छ।
  • चर्च ब्वाइजका लागि सुमित श्रेष्ठले दुई, रोहन कार्की र मिलन राईले एक-एक गोल गरे भने संकटाका विवेक राई र रिचर्ड ओनयमाले एक-एक गोल गरे।
  • फ्रेण्ड्स क्लब र जावलाखेल युथ क्लबले १-१ को बराबरी खेले।

४ चैत, काठमाडौं । चर्च ब्वाइज युनाइटेडले राष्ट्रिय लिग फुटबलमा बुधबार संकटा क्लबलाई ५-२ ले पराजित गर्दै उपाधि होडलाई बलियो बनाएको छ ।

११ खेलमा चर्च ब्वाइजको यो आठौं जित हो र शीर्ष स्थानको मछिन्द्र एफसी र एपीएफ एफसीसँग अंक बराबरी गरेको छ । यी तीनै टोली उपाधि होडमा अगाडि देखिएका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चर्च ब्वाइजका लागि सुमित श्रेष्ठले दुई तथा रोहन कार्की र मिलन राईले एक-एक गोल गरे ।

संकटाका विवेक मगरले एक आत्मघाती गोल गरे । यस्तै संकटाका लागि विवेक राई र रिचर्ड ओनयमाले एक-एक गोल गरे ।

रोहन कार्कीले २८औं र सुमितले ४५औं मिनेटमा गोल गर्दै पहिलो हाफमै चर्च ब्वाइजलाई २-० को अग्रता दिलाएका थिए । मिलन राईले ६०औं मिनेटमा गोल गर्दै चर्च ब्वाइजको अग्रता ३-० पुर्‍याए ।

त्यसपछि संकटाका विकेक राईले ६५औं र रिचर्डले ७३औं मिनेटमा गोल गर्दै संकटालाई खेलमा फर्काउने प्रयास गरेका थिए ।

तर सुमितले ७९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि चर्च ब्वाइजले ४-२ को अग्रता बनायो । संकटाकै विवके मगरले ८०औं मिनेटमा आत्मघाती गोल गरेपछि चर्च ब्वाइजको जित सहज बनेको थियो ।

यस्तै बुधबारै भएको पहिलो खेलमा फ्रेण्ड्स क्लब र जावलाखेल युथ क्लबले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

जावलाखेलका विकास दर्लामी मगरले ४७औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर फ्रेण्ड्सका प्रशान्त लक्षमले ५२औं मिनेटमा बराबरी गोल फर्काए ।

फ्रेण्ड्सका मौसम लुंगेली मगर र जावलाखेलका क्षितिज भण्डारीले ३६औं मिनेटमा रातो कार्ड सामना गरेपछि दुवै टोलीले दश खेलाडीमा रहेर खेलेका थिए ।

चर्च ब्वाइज युनाइटेड राष्ट्रिय लिग फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय