+

एचजेएनबीएल : लगातार तीन हारपछि हाउण्ड्सको दोस्रो जित

२०८२ चैत  ४ गते २०:०४ २०८२ चैत ४ गते २०:०४
एचजेएनबीएल : लगातार तीन हारपछि हाउण्ड्सको दोस्रो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • केभिसी हाउण्ड्सले हिमालयन जाभा नेसनल बास्केटबल लिगमा लगातार दोस्रो जित हात पारेको छ।
  • हाउण्ड्सले कीर्तिपुर बास्केटबललाई ६८-५१ ले पराजित गर्दै पाँच खेलबाट ७ अंक जोडेर चौथो स्थानमा उक्लेको छ।
  • प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने एमभिपी घोषित हुनेलाई पनि पुरस्कार दिइने नेबाले जनाएको छ।

४ चैत, काठमाडौं । केभिसी हाउण्ड्सले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) मा लगातार दोस्रो जित हात पारेको छ । सुरुवाती तीन खेलमा लगातार पराजित भएको हाउण्ड्सले बुधबार कीर्तिपुर बास्केटबललाई ६८-५१ ले पराजित गर्दै दोस्रो जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेलमा हाउण्ड्सले पहिलो क्वाटरमा १६-११ को अग्रता बनाएको थियो । दोस्रो क्वाटरमा हाउण्ड्स र कीर्तिपुरले १६-१६ अंक जोड्दा हाफटाइम्सम्म हाउण्ड्सले ३२-२७ को अग्रता बनाएको थियो ।

तेस्रो क्वाटर कीर्तिपुरले १८-१७ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्कने संकेत देखाएको थियो । तर चौथो क्वाटरमा हाउण्ड्सले एकपक्षिय प्रदर्शन गर्दै १९-६ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो ।

हाउण्ड्सका कप्तान विजय बुर्जाले सर्वाधिक २६ अंक स्कोर गरे । उनी म्यान अफ दि म्याच घोषित भए ।

लगातार दोस्रो जितपछि हाउण्ड्सले ५ खेलबाट ७ अंक जोडेर चौथो स्थानमा उक्लेको छ । कीर्तिपुरको भने यो तेस्रो हार हो । कीर्तिपुरले पनि ५ खेलबाट ७ अंक नै जोडेको छ र पाँचौ स्थानमा छ ।

यस्ते मंगलबार राति सम्पन्न खेलमा गोल्डेनगेट इन्टरनेसनल क्लबले प्लेबक्स एरेनामाथि एक अंकको रोमाञ्चक जित हात पारेको छ । निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा गोल्डेनगेटले प्लेबक्सलाई ७७-७६ ले पराजित गर्‍यो ।

नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ ।

पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन् ।

यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ ।

एचजेएनबीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय