News Summary
Generated by OK AI. Editorially reviewed.- जय ट्रफी क्रिकेट फाइनलको दोस्रो दिनको समाप्तिमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबविरुद्ध १७८ रनको अग्रता बनाएको छ।
- पुलिसले पहिलो इनिङमा २२१ रन बनाएर अलआउट भएको थियो भने आर्मीले पनि पहिलो इनिङमा २२१ रन बनाएको थियो।
- अन्तिम दिनमा पुलिसको रन चेज र आर्मीको बलिङ रोमाञ्चक हुने देखिएको छ।
४ चैत, काठमाडौं । जय ट्रफी क्रिकेटको फाइनल खेलअन्तर्गत दोस्रो दिनको समाप्तिमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबविरुद्ध १७८ रनको अग्रता बनाएको छ ।
आर्मीको पहिलो इनिङ स्कोर पछ्याउने क्रममा पुलिसले पनि समान २२१ रन बनाएर अलआउट भएपछि दोस्रो इनिङ थालेको आर्मीले दिनको समाप्तिमा ५२ ओभर खेलेर १७८ रन बनाएको हो ।
आर्मीका लागि कुशल मल्लले सर्वाधिक ३६ रन बनाए भने शाहब आलमले ३३ रन बनाउँदा भीम सार्कीले ३२ रन बनाए । तृतराज दासले २० तथा इमरान शेखले १५, आकाश चन्दले अविजित १५ रन बनाए ।
पुलिसका लागि करण केसी, ललित राजवंशी र सागर ढकालले समान ३-३ विकेट लिए ।
त्यसअघि नेपाल पुलिस क्लबले पनि पहिलो इनिङमा ६१.४ ओभर खेलेर २२१ रन बनाउँदै अलआउट भएको थियो । आर्मीले पनि पहिलो इनिङमा २२१ रन बनाएकाले पुलिसलाई कुनै अग्रता हुन सकेन ।
पुलिसका लागि करण केसीले सर्वाधिक ७२ रन बनाएर नटआउट रहे । कप्तान आरिफ शेखले ४४ रन बनाए । ललित राजवंशीले २०, कुशल भुर्तेलले १८ तथा दिनेश खरेलले १७ रन बनाए ।
आर्मीका सोमपाल कामीले १७ ओभरमा ७२ रन दिएर ५ विकेट लिएका थिए भने आकाश चन्दले २ विकेट लिँदा शाहब आलम, पवन कार्की, नरेन साउदले १-१ विकेट लिए ।
खेलमा आर्मीले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो । पहिलो इनिङमा आर्मीले ५८.२ ओभर खेलेर २२१ रन बनाउँदा अलआउट भएको थियो । आर्मीका ओपनर इमरान शेखले सर्वाधिक ५० रन बनाए । भीम सार्कीले ३९, कुशल मल्लले ३८, तृतराज दासले ३२ र बसिर अहमदले ३० रन बनाए ।
पुलिसका राशिद खानले ४ विकेट लिँदा करण केसी र ललित राजवंशीले ३-३ विकेट लिए ।
तीनदिवसीय फर्म्याटमा हुने फाइनल खेलको अन्तिम दिन बिहीबारको खेल अब रोमाञ्चक हुने देखिएको छ ।
आर्मीको अन्तिम विकेट बाँकी रहेको अवस्थाम अब थपिने रनबाट बन्ने योगफल नै पुलिसका लागि लक्ष्य बन्नेछ । अन्तिम दिनको पिचमा पुलिसको रन चेज अनि आर्मीको बलिङ रोमाञ्चक हुनेछ ।
प्रतिक्रिया 4