+

पीएम कप क्रिकेटका लागि कोशी प्रदेशको टोली घोषणा

२०८२ चैत  ४ गते १६:५२ २०८२ चैत ४ गते १६:५२
पीएम कप क्रिकेटका लागि कोशी प्रदेशको टोली घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोशी प्रदेश क्रिकेट संघले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटका लागि सुजन थपलियाको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ।
  • प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता चैत ७ गतेबाट सुरु हुँदैछ र ७ प्रदेशसहित ३ विभागीय गरी ११ टोली सहभागी हुनेछन्।
  • टोलीमा शाकिब हक, अंकित सुवेदी, फिर्दाेश अन्सरी, दीपेश कंडेल, समिर कार्की लगायतका खेलाडीहरू रहेका छन्।

४ चैत, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटका लागि कोशी प्रदेशको टोली घोषणा भएको छ । कोशी प्रदेश क्रिकेट संघले सुजन थपलियाको कप्तानीमा पीएम कप खेल्ने १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

टोलीमा सुजनसहित शाकिब हक, अंकित सुवेदी, फिर्दाेश अन्सरी, दीपेश कंडेल, सोनु अन्सरी, बिपिन कुमार महतो र शिवांश बजगाई छन् । यस्तै समिर कार्की, ज्ञानेन्द्र श्रेष्ठ, प्रेम कामत, आशिष राना मगर, रोहन शाह, प्रभात किरण हाङ्खिन राई र सुमन श्रेष्ठले पनि टोलीमा स्थान बनाएका छन् ।

रिजर्भ खेलाडीको रुपमा छविलाल खड्का, कविराज खत्री, सोनु शर्मा, आकास शराफ र भुपाल डंगाल छन् । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता चैत ७ गतेबाट सुरु हुँदैछ ।

प्रतियोगितामा ७ प्रदेशसहित ३ विभागीय गरी ११ टोली सहभागी हुनेछन् ।

कोशी प्रदेश क्रिकेट पीएम कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय