+

सन्दीपले लियेज रेड लायन्सबाट इयू टी–२० लिग बेल्जियम खेल्ने

२०८२ चैत  ४ गते १४:४१ २०८२ चैत ४ गते १४:४१
सन्दीपले लियेज रेड लायन्सबाट इयू टी–२० लिग बेल्जियम खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिगमा लियेज रेड लायन्सबाट खेल्ने भएका छन्।
  • सन्दीपलाई रेड लायन्सको टोलीले 'प्रि-साइन' मार्फत अनुबन्ध गरेको छ र क्रिस लिन र कोरी एन्डरसन पनि अनुबन्ध भइसकेका छन्।
  • इयू टी–२० लिगको बेल्जियम संस्करण २०२६ मे ३० देखि जुन ७ सम्म आयोजना हुने तालिका छ र प्रतियोगितामा छ टोली सहभागी हुनेछन्।

४ चैत, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछानेले लियेज रेड लायन्साबट बेल्जियमको इयू टी–२० लिग खेल्ने भएका छन् ।

सन्दीपलाई रेड लायन्सको टोलीले ‘प्रि-साइन’ मार्फत अनुबन्ध गरेको जनाएको छ । यो टोलीमा क्रिस लिन र कोरी एन्डरसन पनि अनुबन्ध भइसकेका छन् । टोलीको मुख्य प्रशिक्षकमा हर्षल गिब्स छन् ।

इयू टी–२० लिगको बेल्जियम संस्करण २०२६ मे ३० देखि जुन ७ सम्म आयोजना हुने तालिका छ।

प्रतियोगितामा एन्टवर्प, ब्रुज, लुभेन, लियेज, गेन्ट र ब्रसेल्सका छ टोली सहभागी हुनेछन्।

इयू टी-२० लिग बेल्जियम सन्दीप लामिछाने
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय