+

दशौँ एनभीए लिगको मिति सर्‍यो, अब बैशाख १० देखि हुने

२०८२ चैत  ४ गते १३:३१ २०८२ चैत ४ गते १३:३१
दशौँ एनभीए लिगको मिति सर्‍यो, अब बैशाख १० देखि हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल भलिबल संघले दशौँ पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिगको मिति सार्ने निर्णय गरेको छ ।
  • यसअघि चैत १९-२८ सम्म हुने भनिएको दशौँ एनभीए लिग अब बैशाख १-१९ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा हुनेछ ।
  • पुरुषतर्फ ८ र महिलातर्फ ६ टोलीले पीएम कप एनभीएल लिगमा प्रतिस्पर्धा गर्नेछन् ।

काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा हुने दशौँ पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिगको मिति सरेको छ ।

नयाँ मिति अनुसार अब उक्त प्रतियोगिता २०८३ साल बैशाख दोस्रो सातादेखि सुरु हुनेछ ।

यसअघि यही चेत १९ देखि २८ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा दशौँ एनभीए लिग गर्ने भलिबल संघले निर्णय गरेको थियो ।

तर प्राविधिक कारणवस उक्त लिगको मिति परिवर्तन भएको भन्दै भलिबल संघले सहभागि टिमहरुलाई जानकारी गराउँदै पत्र पठाएको छ ।

नयाँ मिति अनुसार अब दशौँ एनभीए लिग बैशाख १० देखि १९ गतेसम्म कभर्डहलमा हुनेछ ।

पीएम कप एनभीएल लिगमा पुरुषतर्फ ८महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

फाइल फोटो

दशौँ पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय