+

नवौं एनभीए भलिबल च्याम्पियनसिपमा नकआउट समीकरण पूरा

२०८२ पुष  १६ गते १८:१६ २०८२ पुष १६ गते १८:१६
नवौं एनभीए भलिबल च्याम्पियनसिपमा नकआउट समीकरण पूरा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवौं एनभए भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ क्‍वाटरफाइनल र महिलातर्फ सेमिफाइनल समीकरण बुधबार पूरा भएको छ।
  • बुढानिलकण्ठ भलिबल क्लबले जावलाखेललाई ३-१ ले हराउँदै समूह 'सी' को उपविजेता बनेको छ।
  • महिलातर्फ सेमिफाइनलमा न्यु डायमन्ड, एपीएफ, त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन्।

१६ पुस, काठमाडौं । नवौं एनभए भलिबल च्याम्पियनसिपको नकआउट समीकरण पूरा भएको छ । बुधबार पुरुष र महिला दुवैतर्फ समूह चरणका खेलहरू सकिएसँगै पुरुषतर्फ क्‍वाटरफाइनल तथा महिलातर्फ सेमिफाइनल समीकरण पूरा भएको हो ।

बुधबार भएको पुरुषतर्फको खेलमा बुढानिलकण्ठ भलिबल क्लबले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३-१ को सेटमा हराउँदै समूह ‘सी’ को उपविजेता बन्यो ।

जावलाखेलविरुद्ध बुढानिलकण्ठ २५-१७, २५-१६, १८-२५ र २५-२२ ले विजयी भएको हो । समूह सी बाट रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र यसअघि नै क्‍वाटरफाइनलमा पुगेको छ ।

यस्तै बुधबारको दोस्रो खेलमा कोशी प्रदेश भलिबल संघले कीर्तिपुर भलिबल प्रशिक्षण केन्द्रलाई २५-२३, २५-२० र २५-२३ ले हराएर समूह ‘डी’ को उपविजेता बन्यो ।

समूह डी बाट यसअघि त्रिभुवन आर्मी विजेताका रूपमा क्‍वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।

अब क्‍वाटरफाइनलमा समूह ए को विजेता हेल्प नेपाल स्पोर्ट्स क्लबले समूह सी को उपविजेता बुढानिलकण्ठ भलिबल क्लबसँग खेल्नेछ भने समूह बी को विजेता नेपाल पुलिस क्लबले समूह डी को उपविजेता कोशी प्रदेशसँग खेल्नेछ ।

यस्तै समूह सी को विजेता रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले समूह ए को उपविजेता एपीएफ क्लबसँग तथा समूह डी को विजेता त्रिभुवन आर्मी क्लबले समूह बी को उपविजेता खिल्जी युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

आठवटै टोली १०औं पीएम कप एनभीए भलिबल लिगका लागि पनि छनोट भएका छन् ।

महिलातर्फ पहिलो सेमिफाइनलमा समूह ए को विजेता न्यु डायमन्ड र समूह बी को उपविजेता एपीएफ क्लब खेल्नेछन् । दोस्रो सेमिफाइनलमा समूह ए को उपविजेता त्रिभुवन आर्मी क्लब र समूह बी को विजेता नेपाल पुलिस क्लब खेल्ने छन् ।

सेमिफाइनलमा पुगेका चार टोलीसहित समूह चरणमा तेस्रो भएका एभरेस्ट भलिबल क्लब र सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् १०औं पीएम कप एनभीए भलिबल लिगका लागि छनोट भएका छन् ।

एनभीए भलिबल च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय