+

सूर्य नेपाल सेन्ट्रल ओपन : लगातर तेस्रो दिन राहुललाई अग्रता

२०८२ पुष  १६ गते १७:५१ २०८२ पुष १६ गते १७:५१
सूर्य नेपाल सेन्ट्रल ओपन : लगातर तेस्रो दिन राहुललाई अग्रता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिताको तेस्रो दिन डिफेन्डिङ च्याम्पियन राहुल विश्वकर्मा ५ स्ट्रोकको अग्रतामा शीर्षस्थानमा छन्।
  • राहुलले समग्रमा १०-अन्डर २ सय ६ स्कोर बनाउँदै जयराम श्रेष्ठलाई ५ स्ट्रोकले पछि पारेका छन्।
  • प्रतियोगिताको कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको छ र शीर्ष १८ खेलाडीले नगद पुरस्कार पाउनेछन्।

१६ पुस, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५-२६ को पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन डिफेन्डिङ च्याम्पियन एमेच्योर राहुल विश्वकर्मा ५ स्ट्रोकको अग्रतामा शीर्षस्थानमा कायमै रहन सफल भएका छन्।

राहुलले प्रोफेसनल गल्फर जयराम श्रेष्ठलाई ५ स्ट्रोकले पछि पारेका हुन्। राहुलले आज १-ओभर ७३ को स्कोर बनाउँदा समग्रमा १०-अन्डर २ सय ६ स्कोर बनाएका छन्।

जयरामले आज ४-अन्डर ६८ को स्कोर निकाल्दा समग्रमा ५-अन्डर २ सय ११ स्कोर बनाउँदै दोस्रो स्थानमा उक्लन सफल रहे। भुवन कुमार रोक्काले ४-ओभर ७६ मा आजको खेल सकाए। उनी समग्रमा इभन-पार ७२ सहित तेस्रो स्थानमा झरे।

समग्रमा २-ओभर २ सय १८ सहित तोरण विक्रम शाही, शुक्र बहादुर राई र दिनेश प्रजापति संयुक्तरुपमा चौथो स्थानमा छन्। तोरणले दिनकै उत्कृष्ट ६-अन्डर ६६ को कार्ड बनाए। यो स्कोरमा तोरण १० स्थान माथी उक्लिएका छन्। शुक्र र दिनेशले इभन-पार ७२ मा तेस्रो दिनको खेल पुरा खेले।

नेपाल नम्बर एक प्रो खेलाडी निरज तामाङ, भुवन नगरकोटी र एमेच्योर गल्फर रुबेन थापा संयुक्तरुपमा सातौं स्थानमा रहे। उनीहरूले समग्रमा ६-ओभर २ सय २२ स्कोर बनाए। रूबेन र निरजले ४-ओभर ७६ को स्कोर गर्दा भुवनले ५-ओभर ७७ को खराब प्रदर्शन गरे।

यस्तै प्रदीप कुमार लामा र एमेच्योर साम डोबलार्ड समग्रमा ७-ओभर २ सय २३ सहित संयुक्तरुपमा दशौं स्थानमा छन्। प्रदीपले २-ओभर ७४ र सामले १-ओभर ७३ को स्कोर निकाले।

लगातार तेस्रो दिन शीर्षस्थानमा रहेका राहुलले आज फ्रन्ट नाइन इभन-पार ३६ मा सकाउने क्रममा पहिलो, पाँचौं र सातौं होलमा बर्डी प्रहार गरे। तर छेटौं होलमा बोगी र ३-पारको आठौं होलमा डबल बोगीको समना गरे। यसपछि १४औं होलको बोगीले ब्याक नाइन १-ओभर ३७ मा सकाए।

जयरामले दोस्रो होलको बोगी विरूद्ध पहिलो, चौथो र सातौं होलमा तीन बर्डी प्रहार गर्दै फ्रन्ट नाइनमा २-अन्डर ३४ खेले। यसपछि १२ औं, १३ औं र १७ औं होलमा एक-एक सट बचाए। १४ औं होलको बोगीले ब्याक नाइनमा पनि २-अन्डर ३४ मा पुरा गरे।

भुवनले पाँचौं होलमा बर्डी प्रहार गरेपनि छैटौं र आठौं होलको बोगीले फ्रन्ट नाइन १-ओभर ३७ खेले। ब्याक नाइनमा झनै खराब प्रदर्शन गर्न पुगे। १२औं होलमा इगलको सफलता प्राप्त गरे। तर यसपछि १४औं होलमा डबल बोगी तथा १३औं, १६औं र १८औं होलमा पनि एक-एक सट खेर फाले। ब्याक नाइन ३-ओभर ३९ मा सकाए।

यस प्रतियोगिताको कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको छ। उपाधि विजेताले १ लाख ७० हजार रुपैयाँ प्राप्त गर्नेछ। उपविजेताले १ लाख २५ हजार रुपैयाँ, तेस्रो हुनेले १ लाख रुपैयाँ, चौथोले ८२ हजार रुपैयाँ र पाँचौँ हुने खेलाडीले ७२ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। कट बनाउने शीर्ष १८ खेलाडीले नगद हात पार्नेछन्।

सूर्य नेपाल सेन्ट्रल ओपन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय