+

एन्फाको निर्वाचन माघ २८ मा गर्ने निर्णय

२०८२ पुष  १६ गते १५:०० २०८२ पुष १६ गते १५:००
एन्फाको निर्वाचन माघ २८ मा गर्ने निर्णय

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल फुटबल संघ (एन्फा)ले माघ २८ गते अर्ली इलेक्सन गर्ने निर्णय गरेको छ।
  • एन्फाको वर्तमान कार्यसमितिको कार्यकाल २०८३ असार ६ गतेसम्म छ र विधानअनुसार ६ महिना थप गर्न मिल्छ।
  • नेतृत्व पक्षले फिफा विश्वकप लक्षित गर्दै अर्ली इलेक्सनमा जाने निर्णय गरेको र विपक्षीले विरोध गरिरहेको बताएका छन्।

१६ पुस, काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिको बैठकबाट समय अगावै निर्वाचन (अर्ली इलेक्सन)मा जाने निर्णय भएको छ । आउँदो माघ २८ गते निर्वाचन गर्ने निर्णय भएको एक सदस्यले जानकारी दिए ।

२०७९ असारमा निर्वाचित भएको एन्फाको वर्तमान कार्यसमितिको कार्यकाल २०८३ असार ६ गतेसम्म छ । एन्फा विधानअनुसार प्रतिकूल अवस्थामा बढीमा ६ महिना थप गर्न मिल्ने व्यवस्था छ ।

तर एन्फाले भने फिफा विश्वकपलाई लक्षित गर्दै अर्ली इलेक्सन गर्ने निर्णय गरेको हो । वर्तमान कार्यसमितिको चार वर्षे कार्यकाल नसकिँदै निर्वाचन मिति प्रस्ताव गर्नु ठिक नहुने प्रतिपक्षीहरुको भनाइबीच उक्त निर्णय गरिएको हो ।

एन्फा कार्यसमितिकै केही पदाधिकारीले जिल्ला र प्रदेशको चुनाव नभएको अवस्थामा चार वर्षे कार्यकाल सकिएपछि मात्रै निर्वाचन गर्न प्रस्ताव राखेका थिए । तर एन्फा नेतृत्वले बहुमतको आधारमा अर्ली ईलेक्सनमा जाने निर्णय गरेको हो ।

विपक्षीहरुले नेतृत्व अयोग्य भन्दै विरोध गरिरहेकोले अब अध्यक्षले अर्ली ईलेक्सनका लागि मैदान खुला गरेको नेतृत्व पक्षको भनाइ छ।

एन्फा निर्वाचन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय