News Summary
Generated by OK AI. Editorially reviewed.- एभरेस्ट भलिबल क्लबले नवौं एनभीए भलिबल च्याम्पियनसिपको महिलातर्फ सान्त्वना जित चुली युवा क्लबलाई सोझो सेटमा हराएर हासिल गरेको छ।
- प्रतियोगिताको महिलातर्फ समूह चरणका खेलहरू सकिएको र शुक्रबार सेमिफाइनलका दुई खेलहरू हुनेछन्।
- पहिलो सेमिफाइनलमा न्यु डायमन्ड र एपीएफ क्लब तथा दोस्रोमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब खेल्नेछन्।
१६ पुस, काठमाडौं । एभरेस्ट भलिबल क्लबले नवौं एनभीए भलिबल च्याम्पियनसिपको महिलातर्फ सान्त्वना जित हासिल गरेको छ ।
बुधबार भएको समूह ‘ए’ अन्तर्गतको खेलमा चुली युवा क्लबलाई सोझो सेटमा हराउँदै एभरेस्टले पहिलो जित हासिल गर्दै प्रतियोगिता टुंग्याएको हो ।
एकपक्षीय खेलमा एभरेस्टले चुलीलाई २५-१४, २५-५ र २५-११ ले पराजित गर्यो ।
यसअघि त्रिभुवन आर्मी क्लब र न्यु डायमन्डसँग पराजित भएको एभरेस्ट सेमिफाइनलमा भने पुग्न सकेन ।
यस खेलसँगै प्रतियोगिताको महिलातर्फ समूह चरणका खेलहरू सकिएका छन् ।
अब आउने शुक्रबार सेमिफाइनलका दुई खेलहरू हुनेछन् ।
पहिलो सेमिफाइनलमा समूह ए को विजेता न्यु डायमन्ड र समूह बी को उपविजेता एपीएफ क्लब खेल्नेछन् ।
दोस्रो सेमिफाइनलमा समूह ए को उपविजेता त्रिभुवन आर्मी क्लब र समूह बी को विजेता नेपाल पुलिस क्लब खेल्ने छन् ।
प्रतिक्रिया 4