+

नवौं एनभीए भलिबल च्याम्पियनसिप : महिलातर्फ पुलिस समूह विजेता बन्दै सेमिफाइनलमा

२०८२ पुष  १६ गते ११:१८ २०८२ पुष १६ गते ११:१८
नवौं एनभीए भलिबल च्याम्पियनसिप : महिलातर्फ पुलिस समूह विजेता बन्दै सेमिफाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पुलिस क्लबको महिला भलिबल टोलीले नवौं एनभीए भलिबल च्याम्पियनसिपको समूह 'बी' मा विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ।
  • पुलिसले मधेश प्रदेश खेलकुद परिषद्माथि २५-३, २५-८, २५-९ को एकपक्षीय जित निकालेको छ।
  • पुलिसले ३ खेलबाट ८ अंक जोड्दै समूहविजेता बनेको छ भने एपीएफ ७ अंकसहित समूहउपविजेता बनेको छ।

१६ पुस, काठमाडौं। नेपाल पुलिस क्लबको महिला भलिबल टोली समूह विजेता बन्दै नवौं एनभीए भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

महिलातर्फ बुधबार भएको समूह ‘बी’ को खेलमा नेपाल पुलिस क्लबले मधेश प्रदेश खेलकुद परिषद्‍माथि सहज जित निकालेको हो । एकपक्षीय खेलमा पुलिसले मधेशलाई २५-३, २५-८, २५-९ ले पराजित गर्‍यो ।

यसअघि पुलिसले सुदूरपश्चिम प्रदेश भलिबल संघ  एपीएफलाई हराएको थियो ।

पुलिसको यो तेस्रो जित हो । ३ खेलबाट ८ अंक जोडेको पुलिस समूह विजेता बन्दा एपीएफ ७ अंकसहित समूह उपविजेता बनेको छ ।

एनभीए भलिबल च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय