+

प्रिमियर लिग : शीर्षस्थानको आर्सनलले बढायो अग्रता

२०८२ पुष  १६ गते ८:२८ २०८२ पुष १६ गते ८:२८
प्रिमियर लिग : शीर्षस्थानको आर्सनलले बढायो अग्रता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्लिस प्रिमियर लिगमा आर्सनलले एस्टन भिल्लामाथि ४-१ गोलअन्तरको जित निकाल्दै शीर्षस्थानमा पाँच अंकको अग्रता बनाएको छ।
  • आर्सनलका गाब्रियल मागाल्स, मार्टिन जुबिमेन्डी, लियान्द्रो ट्रोसार्ड र गाब्रियल जेससले एक-एक गोल गरेका छन्।
  • जितपछि आर्सनलको १९ खेलमा ४५ अंक भएको छ भने दोस्रो स्थानमा रहेको सिटीले एक खेल कम खेलेर ४० अंक जोडेको छ।

१६ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको आर्सनलले अग्रता बढाएको छ । गएराति भएको खेलमा एस्टन भिल्लामाथि ४-१ गोलअन्तरको जित निकाल्दै आर्सनलले शीर्षमा पाँच अंकको अग्रता बनाएको हो ।

आर्सनलको जितमा गाब्रियल मागाल्स, मार्टिन जुबिमेन्डी, लियान्द्रो ट्रोसार्ड र गाब्रियल जेससले एक-एक गोल गरे । भिल्लाका ओली वाट्किन्सले सान्त्वना गोल गरे ।

खेलको ४८औं मिनेटमा मागाल्सले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ५२औं मिनेटमा जुबिमेन्डीले अग्रता दोब्बर पारे ।

६९औं मिनेटमा ट्रोसार्ड तथा ७८औं मिनेटमा जेससले गोल गरेपछि आर्सनल ४-० को क्लिन शिट जिततर्फ अघि बढेको थियो । वाट्किन्सले इन्जुरी समयको चौथो मिनेटमा सान्त्वना गोल गरे ।

जितपछि शीर्षस्थानको आर्सनलको १९ खेलमा ४५ अंक भएको छ । दोस्रो स्थानमा रहेको सिटीले एक खेल कम खेलेर ४० अंक जोडेको छ । एस्टन भिल्ला १९ खेलमा ३९ अंकसहित तेस्रोमा छ ।

आर्सनल इंग्लिस प्रिमियर लिग एस्टन भिल्ला

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय