+

न्यु डायमन्ड एनभीए भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा

२०८२ पुष  १५ गते १८:१८ २०८२ पुष १५ गते १८:१८
न्यु डायमन्ड एनभीए भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • न्यु डायमन्ड महिला भलिबल टोलीले नवौं एनभीए भलिबल च्याम्पियनसिपमा लगातार तीन खेल जितेर सेमिफाइनलमा प्रवेश गरेको छ।
  • मंगलबार समूह 'ए' अन्तर्गत एभरेस्ट भलिबल क्लबलाई ३-० ले पराजित गर्दै न्यु डायमन्डले समूहविजेता बनेको छ।
  • न्यु डायमन्डले एभरेस्टलाई २५-२१, २५-१५ र २५-१४ ले हराएको छ र यसअघि चुली युवा क्लब र त्रिभुवन आर्मी क्लबलाई पनि सोझो सेटमा पराजित गरेको थियो।

१५ पुस, काठमाडौं । न्यु डायमन्ड महिला भलिबल टोली नवौं एनभीए भलिबल च्याम्पियनसिपको महिलातर्फ लगातार तीन खेल जितेर सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको समूह ‘ए’ अन्तर्गतको खेलमा एभरेस्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै न्यु डायमन्ड समूहविजेता बनेर अन्तिम चारमा प्रवेश गरेको हो ।

न्यु डायमन्डले एभरेस्ट भलिबल क्लबलाई २५-२१, २५-१५ र २५-१४ ले पराजित गर्‍यो ।

न्यु डायमन्डले यसअघि चुली युवा क्लब र त्रिभुवन आर्मी क्लबलाई पनि सोझो सेटमा हराएको थियो ।

एनभीए भलिबल च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय