+

५८ वर्षीय फुटबलर काजुयोशी जापानिज शीर्ष लिगमा फर्किँदै

२०८२ पुष  १५ गते १५:०६ २०८२ पुष १५ गते १५:०६
५८ वर्षीय फुटबलर काजुयोशी जापानिज शीर्ष लिगमा फर्किँदै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानका ५८ वर्षिय काजुयोशी मिउराले फुकुशिमा युनाइटेडसँग जुनसम्म लोन सम्झौता गरेका छन्।
  • मिउराले सन् १९८६ मा ब्राजिलको सान्तोस क्लबबाट व्यवसायिक फुटबल सुरु गरेका थिए।
  • उनी सन् २०२२ यता चौथो लोन सम्झौता गरेका छन् र ४१औं सिजनमा नयाँ चुनौती लिन तयार छन्।

१५ पुस, काठमाडौं । विश्वकै सबैभन्दा जेठा व्यवसायिक फुटबलरका रूपमा रहेका जापानका ५८ वर्षिय काजुयोशी मिउराले जापानको तेस्रो डिभिजन क्लब फुकुशिमा युनाइटेडसँग जुनसम्मका लागि लोन सम्झौता गरेका छन्।

फेब्रुअरीमा ५९ वर्ष पुग्ने मिउराको यो कदमसँगै उनी पाँच वर्षपछि पुनः जापानको जे–लिग (शीर्ष तीन डिभिजन) मा देखिन सक्नेछन्। यसअघि चौथो टायरको क्लब एट्लेटिको सुजुकामा थिए ।

‘किङ काजु’ भनेर चिनिने पूर्व जापानी स्ट्राइकरले सन् १९८६ मा ब्राजिलको सान्तोस क्लबबाट व्यवसायिक करियर सुरु गरेका थिए। गत सिजन चौथो डिभिजन क्लब एथ्लेटिको सुजुकामा खेले पनि सात खेलमा गोल गर्न सकेका थिएनन्।

मिउराले आफ्नो उमेरसँगै फुटबलप्रतिको मोह कहिल्यै कम नभएको बताउँदै ६० वर्षसम्म खेल्ने योजना रहेको बताउँदै आएका छन्। सन् २०२२ यता यो उनको चौथो लोन सम्झौता हो।

इटाली, क्रोएसिया र अष्ट्रेलियामा पनि खेलिसकेका मिउराले जापानका लागि ८९ खेलमा ५५ गोल गरेका छन्। फुकुशिमा युनाइटेडले गत सिजन २० टोली सहभागी तेस्रो डिभिजनमा १०औं स्थान हासिल गरेको थियो।

-बीबीसीबाट

काजुयोशी मिउरा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय