+

आईसीसी टी-२० विश्वकपका लागि इंग्ल्यान्डको प्रारम्भिक टोली घोषणा

२०८२ पुष  १५ गते १३:३६ २०८२ पुष १५ गते १३:३६
आईसीसी टी-२० विश्वकपका लागि इंग्ल्यान्डको प्रारम्भिक टोली घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्ल्यान्डले आईसीसी टी–२० विश्वकप २०२६ का लागि प्रारम्भिक टोली घोषणा गरेको छ।
  • चोटबाट रिकभर हुँदै गरेका जोफ्रा आर्चर टोलीमा समावेश भएका छन्।
  • मुख्य प्रशिक्षक ब्रेन्डन म्याकलम र कप्तान ह्यारी ब्रुकले जोश टङलाई टोलीमा समावेश गरेको बताएका छन्।

१५ पुस, काठमाडौं । इंग्ल्यान्डले आईसीसी टी–२० विश्वकप २०२६ का लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ । जसअनुसार चोटबाट रिकभर हुँदै गरेका जोफ्रा आर्चर पनि समावेश छन् ।

एसेज टेस्टका क्रममा चोट बोकेका उनी अझै चोटबाट पूर्ण रूपमा फिट भइसकेका छैनन्। बायाँ साइड स्ट्रेनका कारण आर्चर एसेजको तेस्रो टेस्टपछि बाहिरिएका थिए।

मुख्य प्रशिक्षक ब्रेन्डन म्याकलम र कप्तान ह्यारी ब्रुकले जोश टङलाई टोलीमा समावेश गरेका छन्। सीमित ओभरको अन्तर्राष्ट्रिय क्रिकेटमा अनुभव नभए पनि टङले यस वर्ष हन्ड्रेड र एशेजमा प्रभावशाली प्रदर्शन गरेका थिए।

जेमी स्मिथलाई लिमिटेड ओभरको टोलीबाट पूर्ण रूपमा हटाइएको छ भने बेन डकेट पुनः टोलीमा फर्किएका छन्। विल ज्याक्स पनि न्युजिल्यान्ड भ्रमण गुमाएपछि फेरि टोलीमा समावेश भएका छन्।

आर्चर श्रीलंकाविरुद्धको टी–२० र एकदिवसीय सिरिज खेल्ने छैनन्, तर भारतमा हुने विश्वकपअघि टोलीमा जोडिने अपेक्षा गरिएको छ।

इंग्ल्यान्डको टोली : ह्यारी ब्रुक (कप्तान), रेहान अहमद, जोफ्रा आर्चर, टम ब्यान्टन, जेकब बेथेल, जोस बटलर, साम करान, लियाम डसन, बेन डकेट, विल ज्याक्स, जेमी ओभरटन, आदिल राशिद, फिल साल्ट, जोश टङ, लुक वुड

इंग्ल्यान्ड क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय