+

एनभीए भलिबल : महिलातर्फ न्यु डायमन्डको दोस्रो जित, सुदूरपश्चिमको पहिलो जित

२०८२ पुष  १४ गते १९:४७ २०८२ पुष १४ गते १९:४७
एनभीए भलिबल : महिलातर्फ न्यु डायमन्डको दोस्रो जित, सुदूरपश्चिमको पहिलो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनभीए भलिबल च्याम्पियनसिप २०८२ अन्तर्गत महिलातर्फ न्यु डायमन्ड स्पोर्ट्स क्लबले लगातार दोस्रो जित निकाल्यो।
  • सुदूरपश्चिम प्रदेश भलिबल संघले पहिलो जित हासिल गर्दै मधेश प्रदेश खेलकुद परिषद्लाई हरायो।
  • न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबलाई २५-१७, २५-१७ र २५-१७ को सोझो सेटमा पराजित गर्‍यो।

१४ पुस, काठमाडौं । एनभीए भलिबल च्याम्पियनसिप २०८२ अन्तर्गत महिलातर्फ न्यु डायमन्ड स्पोर्ट्स क्लबले लगातार दोस्रो जित निकाल्दा सुदूरपश्चिम प्रदेश भलिबल संघले पहिलो जित हासिल गरेको छ ।

सोमबार भएको पहिलो खेलमा न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबमाथि २५-१७, २५-१७ र २५-१७ को सोझो सेटमा जित हासिल गरेको हो । यसअघि न्यु डायमन्डले चुली युवा क्लबलाई पराजित गरेको थियो । आर्मीले पनि चुली युवा क्लबलाई हराएको थियो ।

त्यस्तै सोमबारको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश भलिबल संघले मधेश प्रदेश खेलकुद परिषद्लाई २५-२१, २५-१४ र २५-१७ को सेटमा हराएको हो ।

सुदूरपश्चिम यसअघि नेपाल पुलिस क्लबसँग पराजित भएको थियो । मधेश भने एपीएफसँग पराजित भएको थियो ।

एनभीए भलिबल च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय