News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल पुलिस क्लबले एन्फा यू–१६ युथ लिगको उपाधि ६–० को ठूलो जितसहित जितेको छ।
- टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले नेपाल पुलिस क्लबलाई ट्रफी र नगद पुरस्कार प्रदान गर्नुभएको छ।
- मच्छिन्द्र फुटबल क्लब लिगको उपविजेता बनेको छ र विकास थापाले ३० गोल गर्दै सर्वाधिक गोलकर्ता पुरस्कार पाएका छन्।
१४ पुस, काठमाडौं । नेपाल पुलिस क्लबले एन्फा यू–१६ युथ लिग को उपाधि जितेको छ। सोमबार च्यासल मैदानमा भएको अन्तिम खेलमा पुलिसले जावलाखेल युथ क्लबलाई ६–० ले पराजित गर्दै उपाधि आफ्नो नाममा गर्यो।
उपाधि विजेता नेपाल पुलिस क्लबलाई टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी ले ट्रफी र नगद पुरस्कार प्रदान गरे।
यसैबीच, मच्छिन्द्र फुटबल क्लब लिगको उपविजेता बनेको छ। एन्फा कम्प्लेक्समा भएको अन्तिम खेलमा मच्छिन्द्र फ्रेन्ड्स क्लबसँग ३–२ ले पराजित भएको थियो।
व्यक्तिगत पुरस्कारतर्फ नेपाल पुलिस क्लबका समिर कुमार प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले फिफाका क्षेत्रीय प्राविधिक सल्लाहकार चोके निमाबाट ट्रफी र १५ हजार रुपैयाँको चेक प्राप्त गरे।
त्यस्तै, मच्छिन्द्र फुटबल क्लबका विकास थापाले ३० गोल गर्दै प्रतियोगिताका सर्वाधिक गोलकर्ता बने। उनलाई एन्फा महासचिव किरण राईले ट्रफी र १५ हजार रुपैयाँको चेक प्रदान गरे।
मनाङ मर्स्याङ्दी क्लबका विशेष गुरुङले उत्कृष्ट गोलकिपरको पुरस्कार जिते। उनलाई एन्फा प्राविधिक निर्देशक हरि खड्काले ट्रफी र १५ हजार रुपैयाँको चेक प्रदान गरे।
तस्वीरहरू : एन्फा



प्रतिक्रिया 4