News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली टेनिस खेलाडी अभिलाषा विष्ट डब्लुटीए डब्लु ३५ को मुख्य ‘ड्र’ मा प्रवेश गरेकी छन्।
- अभिलाषाले छनोट चरणको महिला सिंगल्समा अमेरिकाकी प्रिसा भ्यासलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरिन्।
- प्रतियोगिता केन्याको नाइरोबीमा डिसेम्बर २८ देखि जनवरी ३ सम्म चल्नेछ र कुल पुरस्कार राशि २५ हजार अमेरिकी डलर छ।
१४ पुस, काठमाडौं । नेपाली टेनिस खेलाडी अभिलाषा विष्ट डब्लुटीए डब्लु ३५ को मुख्य ‘ड्र’ मा प्रवेश गरेकी छन् ।
छनोट चरणको महिला सिंगल्समा अभिलाषाले अमेरिकाकी प्रिसा भ्यासलाई ६–१ र ६–२ को सोझो सेटमा सहजै पराजित गरी मुख्य ‘ड्र’ मा प्रवेश गरेको नेपाल टेनिस संघका सचिव अजय विष्टले जनाएका छन् ।
केन्याको नाइरोबीमा डिसेम्बर २८ देखि सुरु भएको प्रतियोगिता जनवरी ३ तारिखसम्म चल्ने छ ।
प्रतियोगिताको कुल पुरस्कार राशी २५ हजार अमेरिकी डलर रहेको छ ।
प्रतिक्रिया 4