+

अल्ट्रा ट्रेल धावक दावा सम्मानित

२०८२ पुष  १४ गते १७:१५ २०८२ पुष १४ गते १७:१५
अल्ट्रा ट्रेल धावक दावा सम्मानित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा जिल्ला कालिका गाउँपालिकाले अल्ट्रा ट्रेल धावक दावा तामाङलाई यूटीएमबी वर्ल्ड च्याम्पियनसिपका लागि छनोट भएपछि सम्मान गरेको छ।
  • दावाले अस्ट्रेलियामा कोस्की १०० अल्ट्रा ट्रेलमा १४ घण्टा ९ मिनेट २५ सेकेन्डमा १ सय किलोमिटर दूरी पूरा गरी विश्व च्याम्पियनसिपमा छनोट भएका हुन्।
  • कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा र उपाध्यक्ष मिरा तामाङले दावालाई सम्मान पत्र प्रदान गरेका छन्।

१४ पुस, काठमाडौं । रसुवा जिल्ला कालिका गाउँपालिकाको १८औं अधिवेशनका अवसरमा अल्ट्रा ट्रेल धावक दावा तामाङलाई सोमबार सम्मान गरिएको छ ।

अस्ट्रेलियामा गत नोभेम्बरमा भएको कोस्की १०० अल्ट्रा ट्रेल कोसियुस्को (यूटीएमबी) मा सहभागी भई यूटीएमबी वर्ल्ड च्याम्पियनसिपका लागि छनोट भएकोमा दावालाई सम्मान गरिएको हो ।

दावाले १ सय किलोमिटर दूरी १४ घण्टा ९ मिनेट २५ सेकेन्डमा पूरा गरी विश्व च्याम्पियनसिपका लागि छनोट भएको जनाइएको छ । दावा कालिका गाउँपालिका वडा १ का अध्यक्ष हुन् ।

‘तपाईंले खेल क्षेत्रमा पुर्‍याउनु भएको योगदानको उच्च सम्मान गर्दै गाउँपालिका र देशको प्रतिष्ठा बढाउने कार्य गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दछौं । साथै आगामी दिनमा उज्ज्वल भविष्यको कामनाका साथ खेल क्षेत्रमा थप सक्रियता र सहयोगको अपेक्षा राख्दछौं’ दावालाई प्रदान गरिएको सम्मान पत्रमा लेखिएको छ ।

दावा आफ्नो व्यवसाय र खेलक्षेत्रमा विगत २० वर्षदेखि सक्रिए छन् । वल्र्ड एक्सट्रिम फिस्टेल १०० अल्ट्राका रजत विजेता दावाको अस्ट्रेलिया भ्रमणका लागि एक्सटेप नेपालले प्रायोजन गरेको थियो ।

कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा, उपाध्यक्ष मिरा तामाङलगायतले दावालाई सम्मान गरे ।

दावा तामाङ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय