News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय यू–१९ महिला टोलीको मुख्य प्रशिक्षकमा सुमन श्रेष्ठ नियुक्त भएका छन्।
- गोलकिपिङ प्रशिक्षकमा राजु सिंह महर्जन नियुक्त भएका छन्।
- एन्फा महासचिव किरण राईले दुवैजनालाई नियुक्तिपत्र हस्तान्तरण गर्नुभएको छ।
१५ पुस, काठमाडौं । नेपाली राष्ट्रिय यू–१९ महिला टोलीको मुख्य प्रशिक्षकमा सुमन श्रेष्ठ नियुक्त भएका छन् ।
आउँदो माघ १५ गतेदेखि पोखरामा सुरु हुने साफ यू–१९ महिला च्याम्पियनसिपका लागि श्रेष्ठ मुख्य प्रशिक्षक नियुक्त भएका हुन् । यस्तै गोलकिपिङ प्रशिक्षकमा राजु सिंह महर्जन नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले दुवैजनालाई मंगलबार नियुक्तिपत्र हस्तान्तरण गरेका छन्।
उक्त कार्यक्रममा एन्फा कार्यसमिति सदस्य तथा महिला समिति संयोजक सरिला श्रेष्ठ पनि उपस्थित थिइन्।

प्रतिक्रिया 4