News Summary
Generated by OK AI. Editorially reviewed.- युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले नुजियाङमा सम्पन्न एसियाली वाइल्डवाटर क्यानोइङ च्याम्पियनसिपका पदक विजेता कृष्ण खड्का र रञ्जन कँडेललाई बधाई दिएका छन्।
- कृष्ण खड्काले छोटो दूरी स्पर्धामा स्वर्ण पदक र रञ्जन कँडेलले कांस्य पदक जितेका थिए।
- नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठ लगायतका पदाधिकारीहरू पनि कार्यक्रममा उपस्थित थिए।
१५ पुस, काठमाडौं । चीनको नुजियाङमा सम्पन्न एसियाली वाइल्डवाटर क्यानोइङ च्याम्पियनसिपका पदक विजेता नेपाली खेलाडीलाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले बधाई दिएका छन् ।
मंगलबार टेबुलटेनिस हल लैनचौरमा पदक विजेता खेलाडी कृष्ण खड्का र रञ्जन कँडेललाई मन्त्री गुप्ताले बधाई दिएका हुन् । मन्त्री गुप्ताले एसियाली स्तरको प्रतियोगितामा पदक जितेर राष्ट्रको नाम उच्च पारेको भन्दै बधाई दिएका थिए । उनले आगामी प्रतियोगितामा अझ उत्कृष्ट नतिजा ल्याउन शुभकामना दिएका थिए ।
कार्यक्रममा नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद जोशी र कोषाध्यक्ष महेश थापाको पनि उपस्थिति रहेको थियो ।
नुजियाङ एसियाली वाइल्डवाटर क्यानोइङ च्याम्पियनसिपमा नेपालले दुई पदक जितेको थियो । नेपालका कृष्ण खड्काले छोटो दूरी (सर्ट डिस्टेन्स) स्पर्धामा स्वर्ण पदक जितेका थिए ।
यस्तै रञ्जन कँडेलले सोही स्पर्धामा कांस्य पदक हात पारेका थिए । एसियाका उत्कृष्ट खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा नेपालले दुईवटा पदक जित्नुलाई ठूलो उपलब्धि मानिएको छ ।
प्रतिक्रिया 4