News Summary
Generated by OK AI. Editorially reviewed.- नवौं एनभीए भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई ३-२ को सेटमा पराजित गरेको छ।
- पुलिसले एपीएफलाई २५-२१, २५-१५, २२-२५, २१-२५, १५-९ को सेटमा हराएको हो।
- पुलिसको यो दोस्रो जित हो भने एपीएफको पहिलो हार हो र एपीएफको तीन खेलमा ७ अंक छ।
१५ पुस, काठमाडौं । नवौं एनभीए भलिबल च्याम्पियनसिपअन्तर्गत मंगलबार भएको महिलातर्फको खेलमा नेपाल पुलिस क्लबले एपीएफ क्लबमाथि रोमाञ्चक जित निकालेको छ ।
मंगलबार भएको समूह ‘बी’ अन्तर्गतको विभागीय भिडन्तमा पुलिसले एपीएफलाई ३-२ को सेटमा पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा पुलिसले एपीएफलाई २५-२१, २५-१५, २२-२५, २१-२५, १५-९ ले पराजित गर्यो ।
पुलिसको यो दोस्रो जित हो भने एपीएफको पहिलो हार हो । तीन खेल खेलिसकेको एपीएफको ७ अंक छ भने पुलिसको दुई खेलबाट ५ अंक छ ।
यसअघि पुलिसले सुदूरपश्चिम प्रदेश भलिबल संघलाई हराएको थियो । एपीएफले भने सुदूरपश्चिम प्रदेश र मधेश प्रदेश खेलकुद परिषद्माथि जित हासिल गरेको थियो ।

प्रतिक्रिया 4