News Summary
Generated by OK AI. Editorially reviewed.- अस्ट्रेलियाका पूर्वक्रिकेटर डामियन मार्टिनलाई मेनिन्जाइटिस देखिएपछि क्वीन्सल्याण्डको अस्पतालमा कृत्रिम कोमामा राखिएको छ।
- मार्टिनले सन् १९९२ देखि २००६ सम्म अस्ट्रेलियाका लागि ६७ टेस्ट खेल खेलेका थिए र दुई पटक विश्वकप उपाधि जितेका छन्।
- क्रिकेट अस्ट्रेलियाका प्रमुख कार्यकारी अधिकृत टोड ग्रिनबर्गले शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पूर्ण क्रिकेट समुदाय मार्टिनको साथमा रहेको बताएका छन्।
१६ पुस, काठमाडौं । अस्ट्रेलियाका पूर्वक्रिकेटर डामियन मार्टिनलाई मेनिन्जाइटिस रोग देखिएपछि चिकित्सकहरूले उनलाई कृत्रिम कोमामा राखेका छन्। ५४ वर्षीय मार्टिन डिसेम्बर २६ मा अचानक बिरामी परेपछि हाल क्वीन्सल्याण्डको एक अस्पतालमा उपचाररत छन्।
मार्टिनले सन् १९९२ देखि २००६ सम्म अस्ट्रेलियाका लागि ६७ टेस्ट खेल खेलेका थिए। उनले चारवटा एसेज शृंखलामा सहभागिता जनाएका थिए भने अस्ट्रेलियासँग दुई पटक विश्वकप उपाधि पनि जितेका छन्।
क्रिकेट अस्ट्रेलियाका प्रमुख कार्यकारी अधिकृत टोड ग्रिनबर्गले मार्टिनको स्वास्थ्य अवस्थाप्रति दुःख व्यक्त गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले सम्पूर्ण क्रिकेट समुदाय मार्टिनको साथमा रहेको बताएका छन्।
मार्टिनका नजिकका साथी तथा पूर्व सहखेलाडी एडम गिलक्रिस्टले परिवारको तर्फबाट जानकारी दिँदै मार्टिनले राम्रो उपचार पाइरहेको र परिवारले सबैको शुभेच्छा र प्रार्थनाको कदर गरेको बताएका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार चिकित्सकहरूले आउँदा केही दिनमै डेमियन मार्टिनलाई कोमाबाट बाहिर ल्याउने आशा गरेका छन्।
प्रतिक्रिया 4