News Summary
Generated by OK AI. Editorially reviewed.- बागमती प्रदेश क्रिकेट संघले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ।
- पीएम कप क्रिकेट ७ चैतबाट सुरु हुँदैछ र बागमतीले चार खेल काठमाडौंमा खेल्नेछ।
- बागमतीले ८ चैतमा एपीएफ क्लबसँग, १० चैतमा गण्डकी प्रदेशसँग, १२ चैतमा नेपाल पुलिस क्लबसँग र १५ चैतमा त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ।
४ चैत, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटका लागि बागमती प्रदेशको टोली घोषणा भएको छ । बागमती प्रदेश क्रिकेट संघले स्पिनर सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
टोलीमा सन्दीपसहित इशान पाण्डे, आशुतोष घिरैया, उत्तम थापा मगर, शिवम तिवारी, विवेक रानामगर, दया नन्द मण्डल र रिजन ढकालले स्थान बनाएका छन् ।
यस्तै सुभाष खत्री, सोनु देवकोटा, सचिन लेखक, रिङ्जिन लामा, पवन बहादुर थापा, प्रतिश जिसी र शुभ कन्साकार पनि टोलीमा समावेश छन् ।
रित गौतम, सूर्य तामाङ, दीपेश श्रेष्ठ, आदिल खान र अविनाश वस्याल रिजर्भ खेलाडीको रूपमा छन् ।
पीएम कप क्रिकेट ७ चैतबाट सुरु हुँदैछ । बागमतीले चार खेल काठमाडौंमा खेलेपछि बाँकी खेल काठमाडौंबाहिर खेल्नेछ ।
बागमतीले पहिलो खेल ८ चैतमा एपीएफ क्लबसँग माथिल्लो मुलपानी क्रिकेट मैदानमा खेल्नेछ । दोस्रो खेल त्रिवि क्रिकेट मैदानमा १० चैतमा गण्डकी प्रदेशसँग खेल्नेछ ।
तेस्रो खेल १२ चैतमा नेपाल पुलिस क्लबसँग माथिल्लो मुलपानीमा खेल्नेछ भने चौथो खेल १५ चैतमा त्रिभुवन आर्मी क्लबसँग मुलपानीमै खेल्नेछ ।

प्रतिक्रिया 4