News Summary
Generated by OK AI. Editorially reviewed.- संकटा एफसीले शहीद स्मारक एन्फा महिला लिगको उद्घाटन खेलमा न्युरवड ६मलाई ४-० ले पराजित गरी विजयी सुरुवात गरेको छ।
- म्यानमारकी विन थेङ्गि टुनले चौथो मिनेटमै गोल गर्दै संकटालाई अग्रता दिलाएकी थिइन्।
- महिला लिगमा ९ टोलीको सहभागिता रहेको छ र आज त्रिभुवन आर्मी एफसी र झापा एफसीबीच दोस्रो खेल हुनेछ।
४ चैत, काठमाडौं । संकटा एफसीले शहीद स्मारक एन्फा महिला लिगको उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) लाई पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
च्यासल रंगशालमा बुधबार भएको खेलमा संकटाले एनआरटीलाई ४-० ले पराजित गरेको हो ।
संकटाका लागि म्यानमारकी विन थेङ्गि टुनले चौथो मिनेटमै गोल गर्दै सुरुमै अग्रता दिलाएका थिइन् ।
सुक्रिया मियाले २३औं मिनेटमा गोल गर्दै संकटाको अग्रता दोब्बर पारिन् । विदेशी खेलाडी लुसियाले २६औं मिनेटमा गोल गरेपछि संकटाले आधा घण्टा भित्रै तीन गोलको अग्रता बनाएको थियो ।
मिनेटमा अकोसुआ अमनक्राहले ५२औं मिनेटमा संकटाको लागि चौथो गोल गरिन् ।
लिग अन्तर्गत आजै दिउँसो ३ बजे त्रिभुवन आर्मी एफसी र झापा एफसीबीच दोस्रो खेल हुनेछ ।
महिला लिगमा ९ टोलीको सहभागिता छ ।
तस्वीरहरू : विकास श्रेष्ठ




प्रतिक्रिया 4