+

गण्डकी प्रदेश क्रिकेट संघलाई भिक्टोरियन इन्स्टिच्युटको साथ

२०८२ चैत  ४ गते १३:४० २०८२ चैत ४ गते १३:४०
गण्डकी प्रदेश क्रिकेट संघलाई भिक्टोरियन इन्स्टिच्युटको साथ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गण्डकी प्रदेश क्रिकेट संघले अष्ट्रेलियास्थित भिक्टोरिया इन्स्टिच्युट अफ टेक्नोलोजीलाई शीर्ष प्रायोजकको रूपमा आधिकारिक घोषणा गरेको छ ।
  • संघले होटल पौवालाई आधिकारिक हस्पिटालिटी पाटर्नर र एक्सटेपलाई एपरेल पाटर्नरको रूपमा घोषणा गरेको छ ।
  • यी साझेदारीहरूले प्रतियोगिता व्यवस्थापन, खेलाडी सुविधा र व्यावसायिक प्रस्तुतीकरणलाई थप सुदृढ बनाउने विश्वास संघले लिएको छ ।

४ चैत, काठमाडौं । गण्डकी प्रदेश क्रिकेट संघले अष्ट्रेलियास्थित शैक्षिक संस्था भिक्टोरियन इन्स्टिच्युट अफ टेक्नोलोजी (भिआईटी)लाई शीर्ष प्रायोजकको रूपमा आधिकारिक घोषणा गरेको छ ।

पोखरास्थित होटल पौवामा आयोजित कार्यक्रममा भिक्टोरियन इन्स्टिच्युट शीर्ष प्रायोजकसहित नयाँ जर्सी सार्वजनिक गरिएको हो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जर्सी सार्वजनिक गरे ।

भिआइटीसँगको यस सहकार्यले गण्डकी प्रदेशमा क्रिकेटको दीर्घकालीन विकास, प्रतिभा पहिचान र संरचनागत सुदृढीकरणमा टेवा पुग्ने संघको अपेक्षा छ ।

यस्तै गण्डकी प्रदेश क्रिकेट संघले होटल पौवालाई आधिकारिक हस्पिटालिटी पाटर्नर र एक्सटेपलाई एपरेल पाटर्नरको रुपमा घोषणा गरेको छ ।

यी साझेदारीहरूले प्रतियोगिता व्यवस्थापन, खेलाडी सुविधा र व्यावसायिक प्रस्तुतीकरणलाई थप सुदृढ बनाउने विश्वास संघले लिएको छ ।

गण्डकी प्रदेश क्रिकेट संघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय