News Summary
Generated by OK AI. Editorially reviewed.- शहीद स्मारक एन्फा महिला लिग ४ चैतदेखि च्यासल रंगशालमा सुरु हुँदैछ ।
- महिला लिगको उद्घाटन खेल एनआरटी र संकटा क्लबबीच बिहान ११ बजे हुनेछ । दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले झापा एफसीसँग खेल्नेछ ।
- महिला लिगमा ९ टोली प्रतिस्पर्धा गर्नेछन् ।
४ चैत, काठमाडौं । शहीद स्मारक एन्फा महिला लिग आज देखि सुरु हुँदैछ ।
महिला लिगको उद्घाटन खेल एनआरटी र संकटा क्लबबीच हुनेछ । दुवै ए डिभिजनका क्लबसमेत हुन् ।
यो खेल बिहान ११ बजे च्यासल रंगशालमा सुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले झापा एफसीसँग खेल्नेछ ।
अखिल नेपाल फुटबल संघको बयोजना हुने महिला लिगमा ९ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
महिला लिगमा एन्फा महिला लिग २०२४ को शीर्ष पाँच क्लब र एन्फा महिला लिग क्वालिफायर २०२५ को शीर्ष पाँच गरी कूल १० क्लबले खेल्ने तय थियो । तर यसअघि महिला लिगमा शीर्ष पाँचमा परेको वालिङ नगरपालिकाले नखेल्ने निर्णय गरेपछि एन्फाले महिला लिग क्वालिफायरमा छैटौं भएको राप्ती एफसीलाई महिला लिगमा समावेश गरेको थियो । त्यही अनुसार एन्फाले खेलतालिका समेत सार्वजनिक गरिसकेको थियो । तर महिला लिग खेल्ने क्लबहरुले नै राप्तीलाई सहभागि गराउनु नहुने निर्णय गरेपछि एन्फाले बाध्य भएर राप्तीलाई हटाएको जनाएको छ ।
नयाँ तालिका अनुसार लिगका खेलहरु च्यासल रंगशाला सहित दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा पनि हुनेछ ।
सिंगल राउण्ड रोविन लिगको खेलपछि शीर्ष ६ टोली सुपर एन्फा महिला सुपर लिगमा प्रवेश गर्नेछ ।
एन्फाले लिगको पुरस्कार बारे कुनै घोषणा गरेको छैन । तर प्रतियोगिता नियमावलीमा उल्लेख भएअनुसार विजेताले नगद ११ लाख र उपविजेताले ५ लाख ५० हजार प्राप्त गर्नेछ ।
प्रतिक्रिया 4