News Summary
Generated by OK AI. Editorially reviewed.- बाराको नव जन जागृति युवा क्लबले सुर्खेतको कांक्रेविहार क्लबलाई २-१ ले पराजित गर्दै राष्ट्रिय लिग फुटबलमा पहिलो जित हात पारेको छ ।
- उदित नारायण चौधरीले दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गर्दै नव जन जागृतिलाई ३ अंक दिलाए ।
- श्री भगवती क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई १-० ले पराजित गर्दै लिगमा तेस्रो जित हात पारेको छ ।
३ चैत, काठमाडौं । बाराको नव जन जागृति युवा क्लबले सुर्खेतको कांक्रेविहार क्लबलाई पराजित गर्दै राष्ट्रिय लिग फुटबलमा पहिलो जित हात पारेको छ ।
१० खेलसम्म जितविहिन रहेको यी दुई टोली मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रतिस्पर्धा गर्दा नव जन जागृतिले कांक्रेविहारलाई २-१ ले पराजित गरेको हो ।
उदित नारायण चौधरीले दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गर्दै नव जन जागृतिलाई ३ अंक दिलाए ।
तयसअघि चिना लामाले ३६औं मिनेटमा गोल गर्दै नव जन जागृतिलाई पहिले अग्रता दिलाएका थिए भने सोनाम आचार्यले ८७औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।
पहिलो जितपछि ११ खेलबाट ४ अंक जोडेको नव जन जागृतिले एक स्थान सुधार गर्दै १६औं स्थानमा उक्लेको छ । समान खेलबाट १ अंक मात्र रहेको कांक्रेविहार १७औं स्थानमा झरेको छ ।
मंगलबार एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा श्री भगवती क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई १-० ले पराजित गरेको छ ।
श्री भगवतीका लागप सेमान्त थापाले ६३औं मिनेटमा निर्णायक गोल गरे ।
लिगमा तेस्रो जित हात पारेको श्री भगवती १२ खेलबाट १२ अंक नै जोडेर १२औं स्थानमै यथावत छ ।
तस्बीर: एन्फा
प्रतिक्रिया 4